काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौं ले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
Advertisement
काठमाडौं का प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ सङ्क्रमण बढ्दै गएकाले काठमाडौं उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको उल्लेख छ । अत्यावश्यक सवारीसाधन भने जुनसुकै समयमा सञ्चालन गर्न पाइने जारी आदेशमा भनिएको छ ।
त्यस्तै निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ भने अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको छ ।