मेष- छात्रछात्राका लागि प्रगतिको योग छ। साथीभाइको सहयोग पनि पाइएला। साझेदारी व्यवसायमा लाभ हासिल होला। स्वास्थ्य कमजोर बन्न सक्छ।
वृष- आज आर्थिक संकटको योग छ। दीर्घकालीन योजनाहरू लाभदायक रहलान्। दाम्पत्य जीवन सुखमय रहनेछ। विवादमा पर्ने योग भएकाले बोल्दा विचार पुर्याउनु होला।
मिथुन- आम्दानीका स्रोत बढ्ने योग छ। धर्मकर्ममा मन जाला। सामाजिक कामबाट मान प्रतिष्ठा पाइन सक्छ। परिवारजनको सुझाव मनन गर्नु होला।
कर्कट- अवसरहरूले पछ्याएका छन्। टाढा, नजिक जस्तो भए पनि यात्रामा लाभ हासिल हुन सक्छ। व्यवसाय लाभदायक नै रहला।
सिंह- परिवारबाट टाढिनु पर्ला। रोजगारीको क्षेत्र पनि समस्याग्रस्त देखिन्छ। आजको दिन मिहिनेतको राम्रो प्रतिफल पाइने योग छैन।
कन्या- आजको दिन आर्थिक संकट चर्किएला। धोकेबाजहरूबाट सावधान रहनु होला। अपजशको सामना गर्नुपर्ने हुन सक्छ। तथापि, धैर्य धारण गर्नाले समस्याहरू आफैं दूर होलान्।
तुला- आजको दिन कीर्तिमान दिलाउने काम गर्ने योग छ। साथीभाइ र इष्टमित्रको राम्रो सहयोग पाइएला। दाम्पत्य जीवन सुखद रहला।
वृश्चिक- नसोचेको ठाउँबाट आकस्मिक आम्दानी होला। सिर्जनात्मक काममा रुचि बढ्ला। अध्ययन अध्यापन सफल रहला। आतिथ्य प्राप्त हुने सम्भावना छ।
धनु- शारीरिक समस्याले सताउन सक्छ। सोचेजस्तो उपलब्धी हासिल नहुँदा मन खिन्न रहला। आजको दिन त्यति राम्रो छैन।
मकर- जागिरमा बढुवा या नयाँ रोजगारी पाइने सम्भावना छ। आफूले सोचेकै ठाउँमा सरुवा पनि हुन सक्छ। तथापि, दिनभर मनमा डरले डेरा जमाउला।
कुम्भ- भौतिक साधन जुट्ने योग छ। साथीभाइ र इष्टमित्रको राम्रो सहयोग प्राप्त होला। वैदेशिक यात्राको योग पनि छ।
मीन- आजको दिन अध्ययन अध्यापनमा सफलता हासिल होला। यात्रामा निस्किनु पर्दा खर्च बढ्ला। शत्रुहरूले भने प्रशंसा गर्न थाल्ने छन्।