मेष- विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ। खर्च बढ्नेछ।
वृष- नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। रोकिएका काम बन्नेछन्।
मिथुन- व्यापार र उद्योगमा लगानी बढाउने समय छ। स्वास्थ्यमा कमजोरी देखिनेछ। काममा उत्साह जाग्नेछ।
कर्कट- चोटपटकको भय छ। हातहतियार उपयोग गर्दा सचेत रहनुहोला। खानपानमा सजग रहनुहोला।
सिंह- आफन्तजनको सहयोगले विशेष फाइदा मिल्नेछ। नोकरी प्राप्ति वा पदोन्नति हुने सम्भावना छ। विभिन्न अवसर प्राप्त हुनेछन्।
कन्या- भौतिक साधन जुटाउन सकिनेछ। काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ।
तुला- नयाँ व्यापार व्यवसाय विस्तार हुनेछ। आध्यात्मिक कार्यमा खर्च गरिनेछ। दिगो आम्दानी हुने काम शुरु गर्ने मौका छ।
वृश्चिक- आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ। रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ।
धनु- आफ्ना योजना गोप्य राख्नुहोला। परोपकारजन्य काम सम्पादन हुनेछन्। बोलीकै भरमा काम सम्पादन गर्ने समय छ।
मकर- व्यापारबाट लाभ हुनेछ। नयाँ कार्य योजना बन्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ।
कुम्भ- वैदेशिक व्यापार सन्तोषजनक रहने छ। खर्च बढ्ने र कामकाजमा अवरोध हुनेछ। दाम र इनाम हात पार्न सकिनेछ।
मीन- धन लाभ हुनेछ। पढाइमा रूचि बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ।