• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

भुटानका पूर्वगृहमन्त्रीलाई जापानमा सम्मान, सर्वत्र विरोध


सोमबार, असार २१, २०७८ मा प्रकाशित

काठमाडौं- भुटानका पूर्वगृहमन्त्री दागो छिरिङलाई जापानमा उच्च सम्मान प्रदान गर्न लागिएकोमा विश्वभरबाट भुटानी समुदायले विरोध गरेका छन्।

Advertisement

सन् १९९० पछि दक्षिण भुटानका हजारौँ नागरिकमाथि दमन र अत्याचार हुँदा छिरिङ गृहमन्त्री थिए। त्यतिबेला एक लाख २५ हजार भुटानी नागरिक देशनिकाला भएका थिए। तीमध्ये करिब एक लाख नेपालमा शरणार्थी बनेका थिए।

यसैबीच ‘भुटनिज क्याम्पेन कोअर्डिनेटिङ कमिटी फर जापान क्याम्पेन-२०२१’ ले जापान सरकारलाई २४ जुनमा पत्र पठाएर छिरिङलाई ‘अर्डर अफ द राइजिङ सन गोल्ड एन्ड सिल्भर स्टार’ उपाधि दिनु गलत हुने बताएको छ। यो अभियानका प्रवक्ता जोगेन गजमेरले छिरिङले यो सम्मान पाए भुटानमा तीन दशकअघि भएको दमनका पीडितमाथि थप अन्याय हुने उल्लेख गरे।

विभिन्न मुलुकमा पुनर्वासमा गएका भुटानी समुदायले जापान सरकारलाई निर्णय पुनर्विचार गर्न दबाब दिन अभियान चलाएका छन्। यो अभियानमा विभिन्न मुलुकमा रहेका ४६ भुटानी संघसंस्था सामेल भएका छन्।

सन् १९९३ यता नेपाल-भुटानबीच भएका वार्तामा कयौं पटक भुटानको नेतृत्व गरेका छिरिङ भुटानमा उठेको प्रजातन्त्र र मानवअधिकार प्राप्तिको आन्दोलन दबाउन निर्णयक मानिन्थे। त्यतिबेला छिरिङ नेतृत्वको गृह मन्त्रालय नै कठोर दमनको सूत्रधार थियो।

सन् १९९८ सम्म भुटानको गृहमन्त्री भएका छिरिङ त्यसपछि जापानका लागि राजदूत भएका थिए। जापानको सम्मान दिने घोषणाको अमेरिका, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्डलगायत मुलुकमा रहेका भुटानी समुदायले विरोध जनाएका छन्।

सोमबार, असार २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.