• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

वर्षेनि बर्खामा किन डुब्छ वीरगञ्ज ?


    Avatar photo
शनिबार, असार १९, २०७८ मा प्रकाशित

श्याम शर्मा
वीरगञ्जमा एसियाली विकास बैङ्क (एडीबी)को अर्बौ ऋण लगानीमा ढल तथा नाला निर्माण परियोजना लागू भए पनि समस्याले निकास पाएन । विगत ४ वर्षदेखि प्रत्येक बर्खामा मुख्य बजार क्षेत्र सामान्य वर्षातमै डुबनमा पर्ने गरेको छ । यो सहरले वर्षौदेखि भोग्दै आएको डुवानको समस्या समाधान हुने अपेक्षा अस्वाभाविक थिएन । परियोजना पूरा भएकै वर्षदेखि मुख्य बजार डुवानमा पर्दै आएका छन् ।

Advertisement

मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना (एसटीआइयुइआइपी)सँग सरोकार राख्ने वीरगञ्ज महानगरका प्राविधिक प्रमुखहरू वर्षात्को बेला सहरमा डुवानको समस्यालाई सामान्य बताएर सामान्यीकरणको प्रयत्नमा उद्यत् देखिन्छन् । यतिसम्म कि उनीहरू यो सार्वजनिक सञ्चारमाध्यममा समाचारको विषय नै होइन पनि भन्न पछि पर्दैनन् ।

वीरगञ्जको मुख्य बजार क्षेत्र आदर्शनगर यो समस्याबाट बढी ग्रस्त छ । योजना निर्माण भइराख्दा नै स्थानीय बासिन्दा र जानकारहरुले आयोजनाको डिजाइन नै गलत भएकाले यो समस्या निम्तिनेबारेमा महानगर नेतृत्वलाई सचेत गराएका थिए । महानगरले ती जायज आग्रहलाई बेवास्ता गर्नुको परिणाम अहिले बासिन्दाले भोगिराखेका छन् । योजनाको नेतृत्वकर्ताहरुको गैरजिम्मेवारीको सकस जनताले उठाउनु परेको छ ।

केही बेरको वर्षातमै सिर्सिया नदीको सतह ढलको सतहभन्दा माथि उठेर सहरतिर हिले पानी पस्नुको कडी यही हो । ढलको सतहभन्दा नदीको सतह माथि आएपछि नगरक्षेत्रको पानी सिर्सियामा खस्न पाउँदैन । यसले प्रत्येक बर्खामा शहरलाई डुबाउने गरेको छ ।

वीरगञ्ज महानगरका प्राविधिक जनशक्तिमा एकखालको दम्भ खतरानक ढङ्गले विस्तार भइराखेको छ– नगरमा आफूबाहेक अरू सबै अज्ञानी छन् भन्ठान्ने । उनीहरूको दम्भले यो कुरा स्वीकार गर्न सक्दैन कि वीरगञ्ज सहरमा विषयगत जानकारहरू अरू पनि हुन सक्छन् । सामान्य माथिङ्गलले भन्न सक्छ कि पानीको वहाव उत्तरबाट दक्षिणतर्फ सहजरुपमा प्रवाह हुन सक्छ । यति सामान्य कुराको भेउ पाउन प्राविधिक वा विज्ञको पगरी भिरिराख्नु पर्दैन ।

३ अर्ब रुपैयाँको लागतमा योजना तयार भए पनि सामान्य बर्षात्मै डुवानको कहर खेप्नुपर्ने अवस्था समाचारको विषयमात्र होइन, छानविनको सरोकार बन्नु पर्दछ । वीरगञ्जको आदर्शनगरमा त पानी नै नपरेको अवस्थामा समेत सिर्सिया नदीको घमिलो पानी ढलको बाटो भएर सहरमा पस्ने गरेको छ । बरू, त्युअघि नदीको पानी ढल भएर सहरसम्म आइपुगेको थिएन । यो पानीको बहावलाई उल्टो दिशातिर बगाउने ‘विज्ञ’हरूको प्रयासको प्रतिफल हो ।

कुनै पनि योजनाको उद्देश्य लक्षित समुदायलाई लाभ पु¥याउनु हो । यदि, त्यस्तो योजनाको कार्यान्वयनले समस्याको निकास सम्भव हुँदैन र लक्षित समुदायले निरन्तर सास्ती भोगिराख्छन् भने त्यो उठानयोग्य विषय हो ।

हो, वीरगञ्ज सहरमा व्यवस्थित ढल निकासका लागि यो योजनामात्र पक्कै पर्याप्त थिएन । सुरू योजनामा ९ अर्ब रुपैयाँ अनुमान गरिएकोमा अहिले आएर महानगरको क्षेत्र विस्तार भइसकेको छ । स्वाभाविकरुपमा खर्चको आकार पनि बढ्ने छ ।


पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा साढे २ अर्ब रुपैयाँको बेग्लै योजनाको काम जारी छ । तर, ३ अर्ब रुपैयाँ खर्चिएर ढल र नाला बनाइएका मुख्य बजार आदर्शनगर, घरिअर्वा, मूर्ली, छपकैया, रानीघाट, माइस्थानलगायतका क्षेत्र डुवानमा परेपछि अर्बौंको लगानीको औचित्यमा प्रश्न उठ्नु पनि स्वाभाविकै हो ।

एसटीआइयुइआइपी निर्माणाधीन रहेकै बेला अघिल्लो बर्खामा ढल हुँदै सिर्सिया नदीको पानी पसेर सहर डुबेको थियो । त्यसबेला परियोजनासम्बद्ध महानगरका प्राविधिकले अनपेक्षित बाढीका कारण ढलको बहावभन्दा नदीको सतह माथि आएकाले सहरमा पानी पसेको तर्क गरेका थिए ।

पटकपटक सामान्य वर्षातमै पानी पसेपछि उनीहरू अन्य सहरमा पनि डुवान भएको तर्क पेश गर्न थालेका छन् । भारतको मुम्बई, दिल्लीदेखि हाम्रै विराटनगर, नेपालगञ्जसम्मका सहर डुबेको फेहरिस्त उनीहरूसित तम्तयारी अवस्थामा छ ।

अन्यत्र समस्या भयो भनेर वीरगञ्जका बासिन्दाले पनि वर्षेनी डुवानमै बस्नुपर्ने मनोविज्ञान पालेर हामीले कस्तो विकासको खाका कोरिराखेका छौं ? समस्यालाई सामान्यीकरण गरेर विकास निर्माणको औचित्य कसरी प्रमाणित हुन सक्ला ? विकासका नाममा वर्षेनी अर्बौ रुपैयाँ बगाउने, तर सहरका बासिन्दाले सधैंको सास्ती नै खेपिराख्ने ? योजना निर्माण र त्यसको कार्यान्वयनको तहमा यस्तो खोटपूर्ण सोचको अवशान नभएसम्म कुनै पनि विकास संरचनाको सार्थकता प्रमाणित हुन सम्भव छैन ।


योजनाको सुरु डिजाइनमा वर्षातको पानी बग्न सडक दयाँबाँया इट्टाको नाला र ढलका लागि ह्युमपाइपको डिजाइन थियो । भौगर्भिक अवस्था र भौतिक संरचनालाई कारण देखाएर सडकको बीचमा आरसीसी नाला बनाइयो ।

स्वाभाविक हो, ३ ओटा संरचनाबाट बग्ने पानी एउटा ढलबाटमात्र बग्दा डुवानको समस्या बढी हुने नै भयो । योजनाका परामर्शदाताहरू २ वर्षभित्रको अधिक वर्षालाई आधार मानेर डिजाइन गरिएकाले त्यो अनुमानभन्दा बढी पानी परेपछि डुवान हुने तर्क गर्छन् ।

यो अन्तर्राष्टिय अभ्यास भएको दाबी उनीहरूको छ । यदि यसो हो भने यति सामान्य वर्षात्मै सहर डुब्ने डिजाइन नै गलत छ । हाम्रो भूगोलमा सापेक्ष नहुने यस्ता त्रुटीपूर्ण मान्यतामा पुनर्विचार गरिनु पर्दछ । जथाभावी डिजाइनलाई बोकेर हिड्नु पर्छ भन्ने छैन ।

दाताले दिए भन्दैमा जस्तो र जे पनि हात थाप्ने परिपाटीको अन्त्य हुनु पर्दछ । एउटा भनाइ छ– सस्तो बेसाहाले पखाला लाग्छ । हाम्रो आवश्यकता के हो र कस्ता योजनाले अपेक्षित लाभ दिन सक्छन् भन्ने कुराको निक्र्यौल गरेरमात्र कार्यान्वयनमा लैजानु पर्दछ । नगरबासीलाई ऋण र सास्ती दुवै बोकाउनु अपराध होइन ?

अब समस्याको निकास कसरी गर्ने ? वीरगञ्जको अलखियास्थित कालीमन्दिरनजिकै ढल थुनेर उत्तरतिर फर्काइएको छ । वीरगञ्जको श्रीपुर क्षेत्रदेखिको पानी कालीमन्दिरछेउको ढलमा पु¥याउने योजना थियो । त्यसअघिको मुख्य ढलको मार्गमा केही निजी संरचना भएकाले डिजाइन फेर्नु परेको थियो ।

कालीमन्दिरछेउ लगिएको ढललाई त्यहाँबाट दक्षिणतिरै बगाउनुको सट्टा उत्तर फर्काएर समस्यालाई निम्त्याइएको हो । आदर्शनगर क्षेत्रको पानी दक्षिणबाट उत्तरतिर बगाउँदै ठाकुरराम क्याम्पस उत्तरतर्फको सडकबाट सिर्सियामा पु¥याइएको छ ।

दक्षिणबाट उत्तरतिर ढल बगाउँदा ढलको सतह स्वाभाविक रुपमा सामान्यभन्दा तल जान्छ । सिर्सियामा खसालिएको ढलको सतह निकै तल हुनुका कारण नदीमा पानीको बहाव सामान्य बढ्नेवित्तिकै सहरको पानी नदीतिर जान त सक्दैन नै, नदीको पानी उल्टै सहरतिर छिर्छ ।

कालीमन्दिरतिर थुनिएको ढललाई खोलेर दक्षिणतिर तिरै बगाउनु यसको सहज समाधान हो । यसो गर्दा ढलको बहाव दक्षिणतिर जानेछ, र आदर्शनगरको सकस समाधान केही हदसम्म भए पनि सहज हुन सक्दछ । महानगरले निर्माणाधीन र भविष्यका योजनाको कार्यान्वयनमा यो समस्यालाई एउटा पाठको रुपमा ग्रहण गर्नु पनि उत्तिकै सान्दर्भिक हुनेछ ।

शनिबार, असार १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.