• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

नेवारी भान्छाको चेन ‘लहना’


आइतबार, असार ०६, २०७८ मा प्रकाशित

‘नेवाः लहना’ रेस्टुराँसँग ७६ वटा भान्छा गाँसिएका छन्, जसमा थाः बहाल टोलका तीन सय ३२ परिवार जोडिएका छन्। सबै भान्छामा गरी ९० जना कामदार छन्। भान्छाहरूबाट प्राप्त आम्दानी सबै परिवारलाई बाँड्ने गरिन्छ।

Advertisement


काठमाडौं- कीर्तिपुरस्थित थाः बहालमा छ, ‘नेवाः लहना’ रेस्टुराँ। ७६ वटा नेवारी भान्छाको मिलनबिन्दु हो, यो। २२ भदौ ०६३ देखि सञ्चालनमा आएको यस रेस्टुराँमा नेवारी सभ्यताको पूर्ण झल्को पाइन्छ। नेवारी रहनसहन, खानपिन र पहिरन यहाँ पुग्ने खानाका पारखीमाझ लोकप्रिय छन्। रेस्टुराँका संस्थापक हुन्, राजमान मानव।

हाल रेस्टुराँ रहेको स्थानमा १७ वर्षअघिसम्म नेवार समुदायका परम्परागत सामग्री संग्रहित संग्रहालय थियो। टोलका युवालाई स्थानीय स्तरमै रोजगारी दिने आवाज मुखरित भएपछि सोही संग्रहालयलाई नेवारी सभ्यताको झल्को दिने गरी रेस्टुराँ सञ्चालन गर्ने निर्णय टोलवासीले गरे। संग्रहालयमा ढिकी, जाँतो, हाकुपटासी बनाउने तान, परालका सुकुल, कुर्सी, वृद्धवृद्धाको जङ्को गर्ने भीम रथलगायत सामग्री राखिएका थिए। ती सबै सामग्रीलाई जस्ताको तस्तै राखेर रेस्टुराँ खोलियो, ‘नेवाः लहना’। ती परम्परागत सामान अहिले रेस्टुराँको इन्टेरियर डिजाइन बनेका छन्।

रेस्टुराँका ग्राहकलाई बस्न परालबाट बनेका सुकुल र हाकुपटासीबाट बनेका चकटी बिछ्याइएको छ। सेरामिक प्लेटमा नभई काँसका थाल, बटुका र गिलासमा नेवारी परिकार पस्किइन्छ। हाकुपटासीमा सजिएका महिलाले नजिकै आगोमा पकाएको खाना पाहुनालाई पस्किन्छन् ।

९५ प्रतिशत पाहुना कीर्तिपुरबाहिरका हुन्छन्। परम्परागत नेवारी खानपिन शैलीलाई बचाउने हाम्रो लक्ष्य हो।

त्यसैले रेस्टुराँमा परम्परागत ग्रामीण जीवनशैली प्रतिबिम्बित हुन्छ। २९ थरीका ‘बफ’ परिकार लहनाको विशेषता हो। यहाँको अर्गानिक पेय पदार्थ ग्राहकमाझ लोकप्रिय छ। स्थानीय किसानले उत्पादन गरेको चामल, सागपात प्रयोग हुन्छन्। रेस्टुराँ स्थापना हुँदा ४७ वटा भान्छा यसमा जोडिएका थिए। अहिले ७६ वटा पुगेका छन्, जसमा थाः बहाल टोलका तीन सय ३२ परिवार जोडिएका छन्। सबै भान्छामा गरी ९० जना कामदार छन्। भान्छाहरूबाट प्राप्त आम्दानी सबै परिवारलाई बाँड्ने गरिएको छ।

सबै भान्छामा गरी दैनिक करिब दुई हजार पाहुना आउने ‘नेवाः लहना’का सञ्चालक मानव बताउँछन्। ‘९५ प्रतिशत पाहुना कीर्तिपुरबाहिरका हुन्छन्,’ उनी भन्छन्, ‘परम्परागत नेवारी खानपिन शैलीलाई बचाउने हाम्रो लक्ष्य हो।’ ती भान्छाका पाहुना विदेशी पर्यटक पनि हुने गरेका छन्। पछिल्लो समय सेलेब्रिटीहरूको ‘चिल-आउट’ जक्सन पनि बनेको छ, लहना। योगेश्वर अमात्य, सञ्जय श्रेष्ठ, भीम तुलाधर, दीपक बज्राचार्यलगायत सेलेब्रिटी यी भान्छामा पुगिरहन्छन्। अन्तर्राष्ट्रियस्तरका ‘गाइड बुक’ र म्यागेजिन मात्र होइन, सिएनएन, बिबिसीलगायत टेलिभिजन च्यानलहरूले पनि यी भान्छाका कथा प्रकाशन-प्रसारण गरिसकेका छन्।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.