• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

गैरकानूनी समितिमार्फत नेपाल-चीन व्यापार कब्जा गर्ने प्रयास


मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित

रसुवा पोर्ट म्यानेजमेन्ट कमिटी नामक गैरकानूनी संरचनामार्फत रसुवागढीबाट हुने नेपाल-चीन व्यापार कब्जा गर्ने प्रयास। चीनको केरुङस्थित ‘जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटी’का प्रशासनिक प्रमुखले नेपाली पक्षलाई दिइरहेका छन् निरन्तर दबाब।

Advertisement

काठमाडौं प्रेसको एक्स्क्लुसिभ रिपोर्ट

काठमाडौं-चीनतर्फ बस्ने नेपालीभाषी व्यापारीहरूले चिनियाँ सरकारी अधिकारीको समेत मिलेमतोमा रसुवागढी नाकाबाट हुने व्यापार कब्जा गर्न खोजेको खुलेको छ।

‘रसुवा पोर्ट म्यानेजमेन्ट कमिटी’ नाममा गैरकानूनी संरचना खडा गरेर भइरहेको उक्त प्रयासमा जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीका ‘एडमिनिस्ट्रेटिभ हेड’ दा चुनले विशेष चासो दिँदै कार्यान्वयन गर्न नेपाली पक्षलाई दबाब तीवू बनाएको स्रोतले जनाएको छ। स्रोतका अनुसार नेपालतर्फका निरिह युवालाई प्रयोग गरेर चीनतर्फका व्यापारीले रसुवागढीको व्यापार कब्जा गर्ने प्रयास गरिरहेका छन्।

उक्त फर्जी कमिटीले जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीलाई प्रस्ताव पठाएको खुलेको छ। र, सोहीअनुसार जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीले सम्झौतासमेत गरेको छ।

चीनतर्फको भन्सारलाई पनि यसबारे जानकारी छैन। खासगरी, जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीका ‘एडमिनिस्ट्रेटिभ हेड’ दा चुनकै यसमा खास चासो देखिन्छ। कोरोना जोखिमको बहाना बनाएर मानिसको सम्पर्क नहुने गरी काम अगाडि बढाउन उनले दबाब दिइरहेको स्रोतको भनाइ छ।

यसबारे छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरिएको रसुवाका प्रजिअ ईश्वरीप्रसाद ढकालले जानकारी दिए। ‘त्यस्तो कुनै संस्था सरकारी कार्यालयहरूमा पनि दर्ता भएको पाइएन। त्यसैले यस विषयमा छानविन गर्न समिति गठन गरेका छौँ,’ उनले भने। उनका अनुसार यो काम गैरकानूनी भएकाले त्यसबारे परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षलाई सहमत गराइनेछ।

स्रोतका अनुसार चिनियाँ पक्षले यो प्रोसेस अगाडि बढाऊ भनेर नेपाली पक्षलाई पत्र पठाएपछि मात्र यसको जानकारी पाइएको हो। स्रोतले भन्यो, ‘पारिपट्टि बुझ्दा चिनियाँ भन्सारलाई पनि यसबारे जानकारी रहेनछ।’

यस्तो छ पृष्ठभूमि

११ चैत ०७६ मा कोरोना प्रसार रोक्न नेपालतर्फ लकडाउन सुरु भएपछि चीन-नेपाल व्यापार पनि बन्द भयो। त्यसअघि माघदेखि नै चिनियाँ ल्होसारदेखि रसुवागढीमा व्यापार ठप्प थियो। विस्तारै आयात खोल्ने सहमति भएपछि केरुङमा रहेका व्यापारीले नेपाली व्यापारीलाई ‘बार्गेनिङ’ गर्न थाले। ल्होसार अघिसम्म दैनिक अढाइ सय ट्रक आवतजावत गर्थे। नेपालतर्फ एक्कासी लकडाउन भएपछि केरुङ आउँदै गरेका र आइसकेका सबै सामान उतै रोकिए।

लकडाउनबीच आयात खोल्ने द्विपक्षीय सहमतिपछि दैनिक २, ३ वटा ट्रकमार्फत सामान आयात हुन थाल्यो। ‘वान वे कार्गो’ सुविधा दिन चिनियाँ पक्ष राजी भयो। पहिले नेपाली व्यापारीका प्रतिनिधि केरुङ पुगेर गोदामबाट आफैँले सामान लोड गराएर नेपाल पठाउँथे।

कोरोना जोखिमका कारण उनीहरू केरुङ जान पाएनन्। र, केरुङमै रहेका चिनजानका व्यक्तिहरू मार्फत सामान लोड गराउन थाले। त्यसपछि चीनतर्फ करिब ७५ वटा कम्पनीले केरुङबाट रसुवागढी नाकासम्म सामान पुर्‍याउन आ-आफ्ना ट्रक दर्ता गरे, चिनियाँ प्रशासनमा।

जब कि, चिनियाँ गाडी आफूसँग रहेका कम्पनी २, ४ वटा मात्र थिए। त्यतिबेलै फर्जी कम्पनीहरू दर्ता गरियो, चीनतर्फ। केरुङस्थित जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीमा राजनीतिक नियुक्तिबाट प्रशासनिक प्रमुख तोकिन्छन्। र, दा चुन पनि त्यसरी राजनीतिक नियुक्ति पाएका अधिकारी हुन्। उनले त्यतिबेला दर्ता भएका कम्पनीहरूलाई ‘क्यू’मा राखिदिए, रसुवागढी नाकासम्म सामान पुर्‍याउन।

नेपाली व्यापारीलाई चीनतर्फ रोकिएका सामान ल्याउन हतारो हुने नै भयो। र, जसले बढी पैसा दिन्छ, त्यसैका सामान पठाइन थाल्यो केरुङबाट।

०७६ सालको ल्होसार अघिसम्म नेपाली गाडी नै केरुङ पुगेर सामान ल्याउँथे। लकडाउनबीचमा नियन्त्रित रूपमा आयात खुलेपछि भने नेपाली गाडीलाई चीनतर्फ प्रवेश दिइएन। र, केरुङबाट रसुवागढीस्थित मितेरी पुलसम्मको २४ किलोमिटरमा सामान ल्याएको एउटा ट्रकको भाडा ८५ हजार आरएमबी (करिब १७ लाख रुपैयाँ) सम्म तिर्नुपर्‍यो, नेपाली व्यापारीले। चिनियाँ गिरोहले नेपाली व्यापारीबाट धेरै गुणा बढी अनधिकृत भाडा असुले।

०७७ सालको ल्होसारपछि भने सीधै ट्रान्सपोर्टसँग सम्पर्क गरेर मितेरी पुलसम्म सामान आउन सक्ने बनाइयो। बेइजिङ या गोन्जाओ जहाँबाट आए पनि सामान सीधै मितेरी पुलसम्म आउन थाले। त्यसबाट केरुङका विचौलिया र कामदार बेरोजगार भए अनि फर्जी ट्रान्सपोर्ट कम्पनीहरू सुक्न थाले। त्यसपछि केरुङका गिरोहहरू फेरि आफ्नो पुरानो कारोबार जगाउन सक्रिय भए।

‘सुन्दाखेरी मानिसको सम्पर्क र गतिविधि नगरी महामारीबाट बचेर व्यापार गर्ने आदर्शका कुरा अगाडि सारिएको छ। तर, त्यसको अन्तर्य गिरोहको ठगी धन्दा चलाउने र नेपालतर्फ कानूनी व्यवस्थाले चिन्दै नचिन्ने समितिबाट नाकाको व्यापार कब्जा गर्ने रणनीति देखिन्छ,’ नेपालतर्फका एक उच्च अधिकारी भन्छन्।

उनका अनुसार अहिले सीधै मितेरी पुलमा आइपुग्ने सामान फेरि केरुङमा अनलोड गर्ने र त्यहाँबाट बार्गेनिङ गरेर मितेरी पुलमा ल्याउने ठगी धन्दा चलाउने उद्देश्यले पछिल्लो फर्जी समिति बनाइएको हो।

नेपालबाट कुनै फर्जी कागजात र प्रस्ताव आएको भए तिनलाई मान्यता नदिन चिनियाँ पक्षलाई भनिएको रसुवा भन्सार प्रमुख रामप्रसाद रेग्मी बताउँछन्।

यस्तो छ प्रस्ताव

उक्त समितिले तीन टनसम्म पोको पार्न सक्ने जाली प्रयोग गर्दै क्रेनबाट नेपालतर्फ सामान फालिदिने प्रस्ताव ल्याएको छ। एउटा जालीको मूल्य चार हजार आरएमबी तोकिएको छ। पहिले त मितेरी पुलमा सामान आएपछि पनि २, ३ टनका पोका प्याकिङ गर्नुपर्‍यो । अनि ती पोकालाई ट्रकमा राखेर केरुङबाट मितेरी पुलसम्म ट्रकमा ल्याउनुपर्‍यो। अनि पुलमा राखिएको क्रेनले सामान टिप्दै नेपालतर्फ फालिदिने भयो।

फर्जी समितिको अर्को प्रस्ताव पनि छ। त्यो हो- ३० वटा ट्रक, तिनका चालक। सहचालक र नेपाली भन्सारका दुईजना कर्मचारी बाहिर ननिस्किने गरी क्वारेन्टिनमा बस्नुपर्ने। जब कि, सीमामा त्यसरी मानिस बस्न मिल्ने गरी कुनै संरचना छैनन्।

फर्जी कमिटीको अर्को अनौठो प्रस्ताव पनि छ। त्यो हो- नेपालतर्फको भन्सार प्रक्रिया पनि सयपत्री ट्रान्सपोर्ट नामक कम्पनीले गर्ने। जब कि, सीमामा रसुवा भन्सार कार्यालय तैनाथ छ र उसैलाई व्यापार प्रक्रिया पूरा गर्ने जिम्मा सरकारले दिएको छ। फर्जी कमिटीले भने रसुवा भन्सारलाई ‘बाइपास’ गरेर निजी कम्पनीले भन्सार जाँचपासलगायत प्रक्रिया पूरा गर्ने प्रस्ताव गरेको छ।

नेपालको कानूनले निजी कम्पनीलाई त्यसरी काम गर्ने अनुमति दिँदैन, भन्सार विन्दुमा। निजी कम्पनीहरूलाई सामान ढुवानीका लागि मात्र अनुमति दिएको छ, कानूनले। त्यही कम्पनीले भन्सारका दुई कम्पनीलाई क्वारेन्टिनमा राखेर अह्राइखटाइ गर्ने प्रस्ताव उक्त समितिको छ। ट्रक र तिनका चालक-सहचालकहरू सयपत्री ट्रान्सपोर्टले राख्ने प्रस्ताव उक्त फर्जी कमिटीको छ। सयपत्री ट्रान्सपोर्टका सञ्चालकका रूपमा चिनाइएका दुई युवा सिन्धुपाल्चोक र रसुवाका हुन्। उनीहरू यसअघि चीनबाट आउने स्याउ भन्सार जाँचपास गराउने एजेन्टका रूपमा काम गर्थे।

नाकामै पनि क्रेनले उठाउन नसक्ने सामान पनि आउँछन्। विद्युत आयोजनाका ठूला मेसिन र औजार आउँछन्। बढीमा तीन टन उचाल्न सक्ने क्रेनले ती सामान नेपालतर्फ पठाउन सक्दैन। ठूला मेसिन औजार २५, ३० टनसम्मका हुन्छन्। चीनतर्फबाट आयात हुने पिकअप भ्यान, बस र ट्रक पनि क्रेनले उचालेर नेपालतर्फ फाल्न सक्दैन।

फर्जी समितिको प्रस्तावमा उल्लेखित डिजाइनमा चिनियाँ अक्षर छन्। त्यसैले केरुङ या गोन्जाओमा बसेर कसैले यस्तो गैरकानूनी काम गरेको हुन सक्ने नेपाली अधिकारीहरूको भनाइ छ।

उक्त फर्जी समितिले नेपालतर्फ वडाध्यक्षलाई पनि झुक्याएर गोसाइँकुण्ड गाउँपालिका-२ वडा कार्यालयको छाप लगाएको खुलेको छ। उक्त समितिको प्रस्तावअनुसार काम अगाडि बढाउन जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीले प्रशासनलाई ताकेता गरेपछि मात्र यो विषय सार्वजनिक जानकारीमा आएको हो। त्यसमा वडा कार्यालयको छापसमेत दुरुपयोग गरिएको भेटिएपछि जिल्ला प्रशासन रसुवाले वडाध्यक्षलाई बचाउन हतारमा चीनतर्फ त्यसलाई मान्यता नदिन पत्राचार गरेको छ।

नेपाली हिमालय सीमापार व्यापार संघमा आबद्ध केही व्यवसायी र राजनीतिक दलका स्थानीय नेताहरूको पनि यसमा मिलेमतो हुन सक्ने आशंका छ। खासगरी, रसुवाको भन्दा सिन्धुपाल्चोकका व्यवसायी र राजनीतिक दलका नेताहरूलाई चिनियाँ गिरोहले प्रयोग गरेको हुन सक्ने नेपाली अधिकारीहरूको आशंका छ।

त्यसो त, नेपाली र चिनियाँ अधिकारीहरूबीच नाकामा व्यापार पुरानै अवस्थामा फर्काउन विभिन्न मोडालिटीमा धेरैपटक छलफल भएको थियो। तर, अव्यावहारिक र गैरकानूनी हुने भएकाले ती मोडालिटी नेपाली पक्षले अस्वीकार गर्दै आएको थियो।

गैरकानूनी काम अगाडि नबढ्ने भएपछि फर्जी समितिले काठमाडौंबाट उच्चस्तरका नेताहरूको सोर्स फोर्स भिडाइरहेको स्रोत बताउँछ। स्रोतका अनुसार उक्त गिरोहमा चीनकै नागरिक बनिसकेका केही नेपालीभाषी व्यापारीहरू संलग्न रहेको खुलेको छ। सयपत्री ट्रान्सपोर्ट नामक कम्पनी उनीहरूले नै स्थापना गराएको स्रोत बताउँछ।

मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.