• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

भाइरल पोस्टका वृद्ध व्यक्ति कोभिड लागेका इटालियन होइन, पूर्वअमरिकी सैनिक हुन्


बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित

सन्जोग शिवाकोटी

Advertisement

केही सातादेखि कोभिडलाई पराजित गरेका ९३ वर्षीय एक इटालियन वृद्धको भनाइ भन्दै प्रकृतिप्रतिको कृतज्ञता झल्किने र सबै कोभिड निको भएकाहरूलाई एक रुख रोप्न आग्रह गरेको एक पोस्ट विभिन्न सामाजिक सञ्जालमा भाइरल भएको छ। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले बिनातस्बिर उक्त पोस्ट सेयर गरेका छन् भने कतिपयले एक दुःखी मुद्रामा रहेका वृद्धको तस्बिरसहित उनको भनाइ भन्दै उक्त पोस्ट सेयर गरेका छन्।

उक्त पोस्टमा यस्तो दाबी गरिएको छः

‘इटालीका यी ९३ बर्षका बृद्धा अस्पतालमा भर्ना भएर कोभिडलाई जितेपछि यिनीसँग एक दिनको भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजनको रकम माग्दा यिनी रुन थाले। उनी रोएको देखेर डाक्टरहरूले उनलाई सम्झाइबुझाई गरी बिल मिनाहा गर्न कुरा सुनाएपछि उनले भने, ‘म यो पैसा तिर्न नसकेर रोएको होइन। म यो सबै पैसा तिर्न सक्षम छु। तर म ९३ वर्षसम्म प्रकृतिले दिएको हावामा सास फेर्दा एक रुपैयाँ पनि कतै तिरेन। आज एक दिन भेन्टिलेटरमा सास फेरेको ५०० युरो तिर्दैछु। ममाथि कति ठुलो ऋण रहेछ प्रकृतिको। यो म कसरी तिरुँला, यो सम्झेर रोएको छु। त्यसैले कृपया जतिजना पनि कोभिडलाई जितेर घर फर्कनु हुन्छ, सबैले प्रकृतिको यो ऋण चुकाउन घरवरिपरि एक रुख अवश्य लगाउनुहोला।’

करिब ३५ लाखले पछ्याएको ‘ताजा खबर (Taja Khabar)’ नामक फेसबुक पेजले सेयर गरेको वृद्धको तस्बिरसहितको उक्त पोस्टमा ३३०० बढी प्रतिकृया आएका छन् भने ४७१ पटक सेयर भएको छ। यसैगरी एक लाख बढीले पछ्याएको ‘वान लाइक फर माई कन्ट्री (1 Like for my Country)’ नामक फेसबुक पेजले सेयर गरेको वृद्धको तस्बिरसहितको उक्त पोस्टमा ३४०० बढी प्रतिक्रिया आएको छ भने ३९८ पटक सेयर भएको छ।

फेसबुक अलावा उक्त दाबी ट्वीटरका प्रयोगकर्ताहरूले सेयर गरेका छन्। अनिल राम (Anil Ram) नामक ह्यान्डलबाट तस्बिरसहित ट्विट गरिएको उक्त दाबी ५८ पटक रिट्विट भएको छ भने २७० भन्दा बढी प्रतिक्रिया आएको छ। यसैगरी एसडी नेपाल (SD Nepal) नामक ह्यान्डलबाट तस्बिरसहित ट्विट गरिएको उक्त दाबी १३ पटक रिट्विट भएको छ भने ४५ भन्दा बढी प्रतिक्रिया आएको छ।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि फेसबुकबाट स्क्रिनसट लिइएको तस्बिरसहितको उक्त पोस्टको भिडियो बनाई सेयर गरिएको छ, जसमा १६०० भन्दा बढी प्रतिक्रिया आएको छ भने ४० पटक सेयर भएको छ।

तथ्य जाँचः

साउथ एसिया चेकले उक्त तस्बिरलाई ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्दा यहाँ सेयर भइरहेको तस्बिरभन्दा केही फरक कोणबाट लिएको तस्बिर एमआरसीटीभी नामक एक अमेरिकी अनलाइन मिडियामा ९ मार्च २०१५ मा प्रकाशित रिपोर्टमा फेला परेको छ। उक्त रिपोर्टअनुसार तस्बिरमा रहेका व्यक्ति इटालीका नभई अमेरिकाको कोलोराडोका युरोपमा दोस्रो विश्वयुद्ध लडेका सैनिक बिल मुर्रे हुन्। सो रिपोर्ट एबीसी न्युजसम्बद्ध अमेरिकी अनलाइन द डेन्भर च्यानलले बिल मुर्रेसँग लिएको भिडियो अन्तर्वार्तामा आधारित छ। द डेन्भर च्यानलको आधिकारिक युट्युब च्यानलमा बिल मुर्रेको अन्तर्वार्ता १४ फेब्रुअरीमा २०१५ मा प्रकाशित भएको थियो।

उक्त भिडियो र त्यसबाट लिइएको तस्बिरको वास्तविकता यस्तो रहेछ : एक अप्रत्यासित घटनाक्रममा बिल मुर्रेले सन् १९४४ मा आफ्नी प्रेमिकालाई लेखेको प्रेमपत्र एक अपरिचित महिलाको हातमा पुगेछ। ती महिलाले त्यो पुरानो प्रेमपत्र बिल मुर्रेसमक्ष पुर्‍याउने जमर्को गरिछन्। मुर्रेकी छोरीको सहायताले उनीसमक्ष त्यो पत्र पुग्यो। अन्तर्वार्ताका क्रममा उनी आफूले ७० वर्षअघि लेखेको पत्र पढ्दा निकै भावुक भएका थिए।

सोही अन्तर्वार्ताको आधारमा उक्त समाचार एबीसी न्युज, डेलिमेल र हफिङ्टन पोस्टजस्ता चर्चित मिडियाहरूले पनि प्रकाशित गरेका छन्।

मुर्रे एबीसी न्युजले मार्च १०, २०१५ मा उक्त समाचार प्रकाशित गर्दा ९० वर्ष रहेका र उनी कोलोराडोको अरोरास्थित एक हेरचाह केन्द्रमा बसिरहेको एबीसी न्युजले जनाएको छ। हाल उनी जीवित छन् कि छैनन् भन्ने चाहिँ थाहा हुन सकेन। यसरी एक अमेरिकी भूपू सैनिक आफूले प्रेमिकालाई ७० वर्षअघि लेखेको प्रेमपत्र पढ्दा भावुक भएको भिडियोको स्क्रिनसट लिई इटालीको कोभिडसम्बन्धी घटना भन्दै गरिएको दाबी गलत ठहर्छ।

(यो सामग्री साउथ एसियाचेक डट ओआरजीले तयार पारेको हो)

बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.