• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

उद्योग वाणिज्य संघको अगुवाइमा पाँचथरमा खरिद गरियो ५० थान अक्सिजन सिलिन्डर र २० वटा कन्सन्ट्रेटर


सोमबार, जेठ १७, २०७८ मा प्रकाशित

पाँच थान मल्टी प्यारामिटर प्यासेन्ट मनिटर र एक सय थान अक्सिमिटर पनि किनियो। भेन्टिलेटर र अक्सिजनसहितको सुविधासम्पन्न एम्बुलेन्स खरिद अभियानमा जुटे पाँचथरवासी।

Advertisement

पाँचथर- सदरमुकाम फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर खरिदका लागि शुरु गरिएको अभियानमा हालसम्म करिब ५७ लाख रुपैयाँ जुटेको छ।

पाँचथर उद्योग वाणिज्य संघको अगुवाइमा उक्त अभियान ४ जेठदेखि शुरु भएको थियो। अभियानको पहिलो दिन नै पाँच लाख आठ हजार ६ सय ५३ रुपैया संकलन भएको थियो। जिल्ला, जिल्लाबाहिर र देशबाहिर रहेका पाँचथरवासी तथा पाँचथरप्रति सद्भाव रहेकाहरूले नगद सहयोग उपलब्ध गराएको संघका अध्यक्ष दीपक नेपालले जानकारी दिए।

व्यक्तिगत रूपमा सबैभन्दा बढी बेलायतबाट सूर्य नेम्बाङले एक लाख ३० हजार रुपैयाँ उपलब्ध गराए। संस्थागत ढंगबाट पाँचथर-अस्ट्रेलिया समाजले ११ लाख १८ हजार रुपैयाँ पठाएको छ।

शुरुमा करिब ३५ लाख रुपैयाँ लागत अनुमानका साथ अभियान सञ्चालन गरिएको थियो। सहयोग रकम बढ्दै जाँदा आइतबार मात्र ५४ लाख ६० हजार रुपैयाँको सामान खरिद गरिएको संघका अध्यक्षले नेपालले जानकारी दिए।

उनका अनुसार काठमाडौंस्थित एभरेस्ट ग्याससँग ५० थान अक्सिजन सिलिन्डर खरिद गरिएको छ। यस्तै, ग्लोबल टेक नामक कम्पनीसँग २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको छ। बायोन्टेक नेपालसँग पाँच थान मल्टी प्यारामिटर प्यासेन्ट मनिटर खरिद गरिएको छ।

५० थान सिलिन्डर आठ लाख रुपैयाँमा खरिद गरिएको हो। यस्तै, २० थान कन्सन्ट्रेटरको मूल्य ३७ लाख रुपैयाँ परेको छ भने पाँच थान मल्टी प्यारामिटर प्यासेन्ट मनिटर नौ लाख रुपैयाँमा खरिद गरिएको छ। यसैगरी, एक लाख ६० हजार रुपैयाँमा एक सय थान अक्सिमिटर खरिद गरिएको नेपालले जानकारी दिए।

‘यी सबै सामग्री पाँचथर अस्पताल र आवश्यकताअनुसार जिल्लाका सरकारी स्वास्थ्य संस्थालाई उपलब्ध गराइने छ,’ संघका अध्यक्ष नेपालले भने।

तत्कालका लागि लक्ष्य पूरा भए पनि जनस्तरबाट सुविधासम्पन्न एम्बुलेन्स खरिद गर्ने र त्यो पाँचथर उद्योग वाणिज्य संघले नै सञ्चालन गर्ने माग आएको छ। भेन्टिलेटर र अक्सिजन सिलिन्डरसहितको एम्बुलेन्स खरिदका लागि सहयोग अभियान जारी राखिएको नेपालले जानकारी दिए।

सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.