• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

वीरगञ्जमा शुरू भयो स्पर्स मल्टि स्प्यासिलिटी अस्पतालको सेवा


    Avatar photo
आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित

वैशाख २६, वीरगञ्ज । वीरगञ्जमा सुपरस्प्यासिलिटी सेवासहितको अस्पताल सञ्चालनमा आएको छ ।

Advertisement

वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले आइतवार वीरगञ्जको बहुअरीमा स्पर्स सुपरस्प्यासिलिटी अस्पतालको उद्घाटन गरेका हुन् । 

सीमावर्ती शहर वीरगञ्जमा कोरोना संक्रमण बढेर उपचारमा कठिनाइ भइरहेका बेला अहिलेका लागि कोरोना संक्रमितको उपचारलाई प्राथमिकतामा राखिएको अस्पतालका अध्यक्ष डा महेश्वरप्रसाद कुर्मीले जानकारी दिए ।

अस्पताल उद्घाटन गर्दै नगर प्रमुख सरावगीले कोरोना महामारीको रुपमा फैलिएको अवस्थामा संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर अस्पतालले सेवा शुरू गरेकोमा खुशी व्यक्त गरे । अस्पताललाई सहयोग र सहकार्यमा महानगर तत्पर रहेको पनि उनले उल्लेख गरे । 

वीरगञ्जमा विगत केही दिनदेखि कोरोना संक्रमणको उपचारका लागि अस्पतालहरूका बेड र अक्सिजनको अभाव देखिएको छ । यो अवस्थालाई केही हदसम्म भए पनि समाधानका लागि स्पर्स अस्पतालले अहिलेका लागि कोरोना संक्रमितको उपचारमा ४० ओटा बेड छुट्याएको डा कुर्मीले बताए । 

अस्पतालले दुई ओटा भेन्टिलेटर र तीन ओटा सीप्यापसहित १० ओटा बेडको आईसीयू, १३ ओटा बेडको एचडीयू तयार पारेको छ । सोमवारदेखि संक्रमितलाई भर्ना लिइने अस्पतालले जानकारी दिएको छ । 

वीरगञ्जका आठ जना युवा चिकित्सकहरूको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । ‘अहिले कोरोना संक्रमण बढिरहेकाले पहिलो प्राथमिकतामा यसको उपचारलाई नै राखिएको छ । निकट भविष्यमा अन्य सेवाहरू विस्तार गर्दै जाने योजना छ,’ डा कुर्मीले भने । 

आउँदो एक महीनाभित्रै मस्तिष्क तथा नशा रोग, पेटसम्बन्धी समस्या, बाल तथा नवजात शिशु रोग, मधुमेह, थाइराइड, मृगौला तथा मुत्रनली, हाडजोर्नी, महिला तथा प्रसुती समस्याको उपचार सेवा शुरू गरिने उनले बताए ।

मुटुरोग, नाक, कान घाँटीसम्बन्धी स्वास्थ्य समस्याको पनि उपचार सेवा उपलब्ध हुने अस्पतालले बताएको छ ।

 विशिष्ट स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा आएको यो अस्पतालले आवश्यकताअनुसार काठकाडौंलगायतका स्थानबाट चिकित्सक झिकाएर सेवा उपलब्ध गराउने योजना पनि बनाएको छ । क्यान्सरका बिरामीलाई केमोथेरापीको सेवासमेत उपलब्ध गराउने अस्पताल व्यवस्थापनले बताएको छ । आर्थिक अभियानबाट

आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.