• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भटमासको प्रशोधित तेल निकासी ३ गुणा बढ्यो


    Avatar photo
सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित

वीरगञ्ज । वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निर्यात उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ९ महीनामा १ लाख १९ हजार २०० मेट्रिकटन (मेट) भटमासको प्रशोधित तेल निकासी भएको छ ।

Advertisement

बारा र पर्साका तेल उत्पादकले चालू वर्षको साउनदेखि चैतसम्ममा भारततर्फ निकासी गरेको यो परिमाण अघिल्लो आव २०७६/७७ को समीक्षा अवधिभन्दा ३ गुणा बढी हो । गतवर्ष चैत महीनासम्ममा यो नाकाबाट ३८ हजार ३६ मेट यस्तो तेल निकासी गरेका थिए ।

अघिल्लो वर्षसम्म पाम आयल निकासी गरिरहेका उद्योगी अहिले भटमासको तेलमा केन्द्रित भएका हुन् । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि उद्योगीले भटमास र सूर्यमुखी तेल निर्यात बढाएको भन्सारको तथ्यांकले देखाउँछ ।

स्वदेशी तेल उत्पादकले तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आएका छन् ।

नेपालबाट निकासी हुने वस्तुको मुख्य सूचीको अग्रस्थानमा भटमासको तेल छ । वीरगञ्ज भन्सारबाट मात्रै चालू आवको ९ महीनामा करीब १९ अर्ब २५ करोड रुपैयाँ बराबर मूल्यको भटमास तेल निर्यात भएको देखिन्छ ।

उद्योगीले यो नाकाबाट वर्षको पहिलो ९ महीनामा ६ हजार ६४० मेट सूर्यमुखी तेल भारततर्फ पठाएका छन् । यो परिमाण भटमासको तेलको तुलनामा कम भए पनि अघिल्लो वर्ष निकासी भएको सूर्यमुखी तेलभन्दा ५७ गुणा बढी हो ।

अघिल्लो वर्षको समीक्षा अवधिमा ११६ मेट सूर्यमुखी तेल भारत निकासी भएको थियो । प्रशोधित तेल निकासी व्यापारमा मुख्य योगदान दिने वस्तु बनेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए । गत चैतमा भटमासको तेल अत्यधिक निकासी भएको उनले बताए ।

बितेको चैतमा मात्रै यो नाकाबाट भटमासको तेल १८ हजार ३१२ मेट निकासी भएको छ । यो परिमाण अघिल्लो आवको समीक्षा महीनाको तुलनामा २० गुणा बढी हो ।

गतवर्ष चैतसम्ममा यो नाकाबाट ८९८ मेट भटमासको प्रशोधित तेल निकासी भएको थियो । सूर्यमुखीको तेल निकासी पनि १८ गुणा बढेको देखिन्छ । बितेको चैत महीनामा १ हजार ७५१ मेट सूर्यमुखी तेल भारत निकासी भएको छ । यो परिमाण अघिल्लो वर्षको समीक्षा अवधिमा ९६० मेटमात्र थियो ।

वर्षको शुरुआतदेखि नै प्रशोधित तेल निर्यात हुने मुख्य वस्तुको अग्रस्थानमा छ । यो नाकाबाट जुसजामको निकासी पनि बढेको भन्सारले बताएको छ ।

वीरगञ्ज नाकाबाट जमोठ कपडा, बत्तीसा त्रिफला, च्यावनप्रास र दन्तमञ्जन निर्यात भएको छ । सेन्थेटिक यार्न, स्पोर्टस् सुज, उनी गलैंचा कार्पेट र तयारी कपडा पनि निकासीको मुख्य सूचीमा छन् ।

सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.