• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

काउलेपानीका घरवास सञ्चालक पर्यटक सत्कारमा व्यस्त


बुधबार, फागुन १०, २०७९ मा प्रकाशित

लमजुङ– पर्यटक बढ्न थालेपछि यहाँ रहेको होमस्टे (घरबास) सञ्चालक अतिथि सत्कारमा व्यस्त हुन थालेका छन् । सुस्ताएको पर्यटन व्यवसायले यस क्षेत्रमा विस्तारै लय लिन थालेको छ ।

Advertisement

बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास (होमस्टे) मा यतिबेला पर्यटकको चहलपहल हुन थालेसँगै यहाँ सुस्ताएको पर्यटन व्यवसायले गति लिन थालेको हो । चिसो मौसम सुरु भएसँगै पर्यटक आगमन सुस्ताएको थियो । यतिबेला दैनिक १५÷२० जना र एक दुई दिन बिराएर ८०÷९० जनाको समूहमा पर्यटक आउन थालेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष कविन्द्र गुरुङले बताए ।

उनले भने,“अब दैनिक दुई÷तीन सय पर्यटक आउनेछन् । केही दिन अघिसमेत सिङ्गापुरबाट १४ विदेशी पर्यटक आएका थिए”, काउलेपानी होमस्टे सञ्चालक लक्ष्मी श्रेष्ठ भन्छिन्, “गाउँमा पर्यटक आउन थालेसँगै घरवास सञ्चालक पर्यटक सत्कारमा व्यस्त हुन थालेका छौँ ।” विगतमा दैनिक तीन सय जनाको हाराहारी भन्दा बढी नै पर्यटक आउथे ।

यहाँ विभिन्न जातिका घरबास छन् । नेवार समुदायका होमस्टेमा परम्परागत नेवारी खाजाका परिकार बनाएर पर्यटकलाई दिइन्छ । उनले ती होमस्टेमा बिहानको खाजा सेटमा नेवारी परिकार सिन्कामारी, भट्टमारी, झिलिङ्गा, सेलरोटी चिउरा लगायतका परम्परागत खाजा बनाएर खुवाउने गर्दछन् ।

लोपोन्मुख लाखे नाच, गाईजात्रा, घोडेजात्रा, बाघ जात्रा, कृष्ण जात्रालगायतका संस्कृतिका नाच देखाउने गरेको र पर्यटकले धेरै मन पराउने गरेको उनको भनाइ छ । फागुन सुरु भएदेखि नै यहाँ लालीगुराँस फुल्न सुरु गरेको छ जुन पर्यटकको मुख्य आकर्षण हो ।

समितिका अनुसार यहाँका प्रति घरवासले मासिक कम्तीमा रु ५० हजार आम्दानी गर्छन् । काउलेपानीको (घरवास) होमस्टेलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको थियो । त्यसपछि काउलेपानीमा बाह्य तथा आन्तरिक पर्यटकको आगमन बढेको हो । सन् २०१६ मै काउलेपानी हामेस्टे स्वच्छ र अर्गानिक भएको भन्दै नगद १० हजार रकमसहित पुरस्कृत भयो । ।

गुरुङ, नेवार भुजेल जातिले काउलेपानीमा अहिले १५ घरमा होमस्टे सञ्चालन गरेका छन् । ती होमस्टेमा ८८ बढी पाहुना सुत्ने बेड रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । यहाँबाट बुद्ध, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौँथोसम्म, हिमालचुली, मनास्लु, मनास्लु दक्षिणलगायतका हिमालसँगै सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । गाउँमा रहेको काउलेपानी देवीको मन्दिरमा पुगेर दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्राकृतिक सुन्दरता, भौतिक संरचनाको बनोट र धार्मिक आस्थाका दृष्टिले पनि काउलेपानी मन्दिर पुग्न करै लाग्छ । काउलेपानी पुगेका पाहुनाले सो मन्दिरको अवलोकन तथा दर्शन गरेरै फर्किने गरेको होमस्टे सञ्चालक तिलमाया गुरुङले बचाए । एकरात बस्ने पाहुनाका लागि प्रतिव्यक्ति एक हजार ५० रुपैयाँ र सामुदायिकमा तथा समूहमा आउने पर्यटकका लागि एक हजार एक सय ५० को प्याकेज तयार गरिएको छ । स्वागतदेखि भोलिपल्ट बिदाइसम्मको लागि सो प्याकेज हो । गाउँमा आएका पर्यटकलाई फूलमाला, सेतो टीका (अक्षता)ले स्वागत गर्दै सुस्वास्थ्यको कामनासहित रक्षा धागो बाँधिदिने, स्थानीय खानपीन तीन पटक गाउँलेले पर्यटकलाई खुवाउँछन् ।

अनि स्वागत गीत र नृत्य प्रस्तुत गर्ने, गाउँमै उब्जाएको मकै, भट्मास, कोदोको सेलरोटी, गुन्द्रुकको अचारको खाजा खुवाउने बेग्लै खालको परम्परा रहेको छ । स्थानीयवासीले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत र पर्यटकलाई पनि सँगसँगै नचाउने पनि गर्दछन् । त्यस्तै, रातिको खानामा स्थानीय जातको चामलको भात, स्थानीय कुखुरा वा खसी, बोकाको मासु, सागपात, आलु आदिको तरकारी, अचार र रुचाउनेलाई कोदोको (रक्सी) पनि उपलब्ध गराइन्छ ।

बेँसीसहर बजारदेखि दक्षिण पश्चिम तर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारीसाधनमा ४५ मिनेट र पैदलयात्रामा साँढे १ घण्टा समय लाग्छ । पैदल यात्रुका लागि सिँढी निर्माण गरिएको छ । सवारी साधनमा जाने पर्यटकको लागि सडकको स्तरोन्नति गरिएको छ ।

बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.