• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सार्वजनिक जग्गा व्यक्तिका नाममा, खोजविनमा व्यस्त वीरगञ्ज महानगर


    Avatar photo
सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित

वीरगञ्ज-वीरगञ्ज नगरक्षेत्रका विभिन्न स्थानमा भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । वीरगञ्ज महानगरपालिकाको स्वामित्वका जग्गा व्यक्तिले कब्जा गरेपछि यसको खोजविन थालिएको छ ।

Advertisement

मुख्य बजारक्षेत्र आदर्शनगरलगायत ३२ ओटै वडाको सार्वजनिक जग्गा पहिचान र व्यक्तिको नाममा दर्ता जग्गा महानगरको नाममा ल्याउने अभियान शुरू गरिएको वीरगञ्जमा नगरप्रमुख विजयकुमार सरावगीले बताए ।
‘मुख्य आदर्शनगरको २१ ओटा कित्ता जग्गाको हालसाविक गरेको भेटिएको छ । त्यस्ता सबै जग्गा महानगरको नाममा ल्याउने प्रक्रिया अघि बढाएका छौं,’ प्रमुख सरावगीले भने ।

वीरगञ्जको मुख्य बजार आदर्शनगरमा मात्रै ३ दर्जनभन्दा बढी कित्ता जग्गा व्यक्तिहरूले अनधिकृत रूपमा हकभोग गरिरहेको दाबी महानगरका कर्मचारीको छ । भूमाफिया, महानगर, नापी र मालपोत कर्मचारीको मिलेमतोमा तीमध्ये अधिकांश जग्गाको हक व्यक्तिको नाममा गइसकेको पाइएपछि महानगरले खोजबिन थालेको हो ।

अहिलेसम्म २१ कित्ताको विवरण फेला पारेको महानगरले अन्य जग्गा खोजबिन भइरहेको बताएको छ । व्यक्तिको नामा दर्ता भएको एउटा कित्ता जग्गा हालै पर्सा जिल्ला अदालतले महानगरको नाममा दर्ता कायम गर्न आदेश दिएको छ ।

वीरगञ्ज महागरपालिका वडा नंं। १० को साबिक ८१७ नम्बर कित्ताको जग्गाको हक व्यक्तिको नामबाट बदर गर्न अदालतले आदेश दिएको महानगरका कानूनी सल्लाहकार कमलमोहन पोखरेलले जानकारी दिए । न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशले यो जग्गा महानगरको नाममा दर्ता कायम गर्न आदेश दिएको हो ।

हाल नापीमा कित्ता नम्बर १८ र ५२ मा रहेको १ कट्ठा जग्गाको दर्ता बदर गरी महानगरको नाममा ल्याउन माग गर्दै महानगरले जिल्ला अदालतमा मुद्दा हालेको थियो । यो जग्गा वीरगञ्ज ३ छपकैयाकी नजमा बेगमले स्थानीय अरूणकुमार अग्रवालसँग खरीद गरेको मालपोतको स्रेस्ताले देखाउँछ ।

यो जग्गामा अहिले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको जीपी कोइराला फाउन्डेशनको पर्सा जिल्ला कार्यालय छ । फाउन्डेशनका जिल्ला अध्यक्ष महम्मद सहाबुद्दिन जग्गाधनी नजमाकार श्रीमान् हुन् ।

आदर्शनरगरमा व्यवस्थित बसोवासका लागि विक्रम संवत् २०२० सालमा शहरी विकास योजनाले जग्गा प्लटिङ गरेको थियो । यो योजनाअन्तर्गत पशुपति आदर्श निर्माण समितिले जग्गा अधिग्रहण गरेको थियो ।

त्यसबेला विक्री नभएको जग्गा तत्कालीन वीरगञ्ज नगरपञ्चायतालाई हक हस्तान्तरण गरिएको थियो । हस्तान्तरण हुँदै महानगरको हकमा आएको जग्गामा भूमाफियाको चलखेल शुरू भएको हो ।

महानगरको जग्गा हत्याउने प्रपञ्चमा महानगरका कर्मचारीको समेत मिलेमतो भेटिएको महानगरसम्बद्ध स्रोतले बताएको छ । कर्मचारीले तत्कालीन स्थानीय निकाय चलाएका बेला भूमाफियासँगको साँठगाँठमा सार्वननिक जग्गा व्यक्तिको नाममा गएको भेटिएको छ ।

सार्वजनिक जग्गा हड्पिनेमा स्थानीय नेतादेखि व्यापारीसम्मका व्यक्तिहरू छन् । महानगरले बेलाबेलामा यस्तो जग्गा खाली गर्न सूचना निकालेको छ । माफियाको प्रभावमा कारबाही अघि बढ्न सकेको छैन ।

सार्वजनिक जग्गा कति छ भन्ने तथ्यांक महानगरसित छैन । महानगरमा जनप्रतिनिधि आइसकेपछि ३२ ओटै वडाको सार्वजनिक जग्गाको खोजबिन भइरहेको प्रमुख सरावगीले बताए । महानगरले प्रत्येक वडालाई आआफ्नो क्षेत्रमा पर्ने सार्वजनिक जग्गाको विवरण अद्यावधिक गरी पठाउन भनेको छ ।

वडा कार्यालयहरूले खाली जग्गाको विवरण पठाएको र त्यस्तो जग्गामा वृक्षरोपण गरी संरक्षणको योजना राखिएको महानगरको वातावरण तथा हरियाली प्रवर्द्धन शाखा प्रमुख सुनील कर्णले बताए । वडा समितिले सार्वजनिक भनेर पठाएको जग्गासमेत व्यक्तिको नाममा गइसकेको भेटिएको छ ।

यसअघि महानगरले कार्यपालिका सदस्य निरञ्जन सर्राफको संयोजकत्वमा सार्जवनिक जग्गा खोजबिन समिति बनाएको थियो । यो समितिको काम प्रभावकारी हुन सकेको छैन ।

सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.