काठमाडौं– १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे अर्थात विश्वव्यापी मनाइने प्रेम दिवस। मिठो खानाका पारखीहरूको गन्तव्य सेफ्स बर्गरले त्यस दिन प्रेमिल जोडीहरूका लागि प्रेमिल बिग अफर सार्वजनिक गरेको छ।
‘यसपटकको भ्यालेन्टाइन्स डेमा हामीले स्पेसल अफर ल्याएका छौं, यत्तिको अफर हामीले अहिलेसम्म दिएका थिएनौं,’ कम्पनीका सञ्चालक महेन्द्र तामाङ भन्छन्।
उनका अनुसार यो अफर प्राप्त गर्न खानाका पारखीहरूले सेफ्स बर्गरको फेसबुक पेज ओपन गर्नुपर्नेछ। र, पेज लाइक गर्नुपर्छ र एउटा सामग्री आफ्नो फेसबुकमा सेयर गर्नुपर्नेछ।
फेसबुक पेज लाइक या फलो गरेका व्यक्तिले नियमित सेफ्स बर्गरका विभिन्न अफरहरू देख्न पाउने छन्। त्यसो गर्दा खानाका पारखीहरूले रेस्टुराँमै आएर मेनु हेरिरहनु पर्दैन। फेसबुक पेजमै मेनु प्राप्त गर्नेछन्।
भ्यालेन्टाइन्स डेका लागि स्पेसल अफर छन्, चारवटा कोर्समा। त्यसमध्ये फस्ट कोर्समा ‘फतुस सलाद विथ मजेरेला स्टिक’ छ। फतुस भनेको अरेबिक सलाद हो। यो नेपालमा सेफ्स बर्गरले भित्र्याएको सलादको नयाँ स्वाद हो। एउटै प्लेटमा यो खाना उपलब्ध हुनेछ।

सेकेन्ड कोर्समा खसीको टाउकोको सुप ‘गार्लिक ब्रेड’सँग उपलब्ध गराइने छ। यस्तै, थर्ड कोर्सका रूपमा ‘सर्फ एन्ड टर्फ’, गार्लिक प्राउन्स, ग्रिल्ड चिकेन, पास्ता ओलीउली, मास पोट्याटो, ‘हर्ब्स बटर भेजिटेबल विथ स्पाइसी बटर’का परिकारको स्वाद लिन पाइने छ। यसैगरी, फोर्थ कोर्समा चक्लेट ब्राउनी विथ भेनिल्ला आइसक्रिम उपलब्ध छ।
चारवटै फुड मेनुको मूल्य २ हजार २३ रुपैयाँ छ। चारै कोर्समा एक बोतल क्यानाभास वाइन निःशुल्क उपलब्ध गराइने छ। वाइन ह्वाइट, रेड जस्तो वाइन लिए पनि निःशुल्क दिइने छ। चारवटै फुड लिएका ग्राहकले मात्र एक बोतल वाइन पाउने छन्।
उक्त वाइनको मूल्य १ हजार ३०० रुपैयाँ पर्छ। अर्थात्, एक जोडीले मात्र ७२३ रुपैयाँमा चारवटै फुड कोर्स खान पाउने छन्। एकजनाको भागमा ३६१ रुपैयाँ ५० पैसा मात्र पर्नेछ।
यो अफर सीमित हुने भएकाले १३ फेब्रुअरी (१ फागुन)सम्ममा बुकिङ गरिसक्न सेफ्स बर्गरले आग्रह गरेको छ। ‘१३ फेब्रुअरीसम्ममा प्रि बुकिङ गर्नु हुने ग्राहकले यो अफर १४ फेब्रुअरीका दिन सेफ्स बर्गरका सबै आउटलेटबाट प्राप्त गर्नु हुनेछ,’ तामाङ भन्छन्।