• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

फलोअप : डाक्टरले दिए राजीनामा, बिरामी अलपत्र


शनिबार, माघ १४, २०७९ मा प्रकाशित

काठमाडौं- ‘चार डाक्टरले दिए सामूहिक राजीनामा’ शीर्षकको समाचार ११ माघमा नेपाली हेडलाइनमा समचार प्रकाशित भएपछि चतरा अस्पताल व्यवस्थापन समितिको बुधबार, बिहीबार र शुक्रबार बैठक बस्दा समस्याको समाधान निस्केको छैन।

Advertisement

समितिले सही निर्णय गर्न नसक्दा बराहक्षेत्र नगरपालिका-१ र २ बासिन्दा तथा छिमेकी जिल्ला धनकुटा, उदयपुरलगायतका बिरामी गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।

स्थानीय युवराज श्रेष्ठले बुधबार आमालाई फलोअपका लागि अस्पताल ल्याएका थिए। आमाको उपचार क्रममा चिकित्सकले अल्सरको औषधि एमोक्सिसिलिन गलत लेखिदिएको भन्दै ओपीडीका कार्यरत चिकित्सक विवेक बर्मा र विकास दासलाई श्रेष्ठले गालीगलोज र दुर्व्यवहार गरेका थिए।

सहकर्मी चिकित्सकमाथि ड्य्टीमै दुर्व्यवहार भएपछि असुरक्षित महशुस गर्दै विशेषज्ञ चिकित्सक विष्णु भण्डारी, मेडिकल अधिकृत विवेक बर्मा, विकास दास र सुरज थापा मगरले सामूहिक राजीनामा दिएका हुन्।

चिकित्सकहरू माथि दुर्व्यवहार हुँदा पनि व्यवस्थापन समितिले दोषीमाथि कारवाही गर्न आनाकानी गर्दा भविष्यमा पनि घटना हुन सक्ने बताउँदै उनीहरूले राजीनामा दिएका हुन्।

ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि राजनीतिक संरक्षण पाएका व्यक्तिहरूबाट दुर्व्यवहारदेखि हातपातसम्म हुन सक्ने आशंकामा स्वास्थ्यकर्मीहरू त्रसित छन्।

चतरा अस्पतालका प्रबन्ध निर्देशक चिकित्सक.अनिल गिरीले भने शुक्रबार बेलुका ५ बजेसम्ममा युवराज श्रेष्ठले लिखित रूपमा माफी नमागे कानूनी कारवाही अगाडि बढाइने बताएका थिए। त्यसबारेमा जानकारी लिन उनलाई बारम्बार फोन सम्पर्क गर्दा पनि चिकित्सक गिरी सम्पर्कमा आउन चाहेनन्।

स्रोतका अनुसार श्रेष्ठले शुक्रवार बेलुका ५ बजेसम्ममा लिखित माफी मागेका छैनन्। घटनालाई अस्पताल व्यवस्थापन र बराहक्षेत्रका मेयर रमेश कार्की, वडा नम्बर २ का वडाध्यक्ष होमप्रसाद गौतमलगायतले सामान्य घटना ठानेर दोषीलाई उन्मुक्ति दिएको र दोषीमाथि व्यवस्थापन समितिले माफी मगाउन तथा कारवाही गर्न आनाकानी गरेको कारण चिकित्सकहरू काममा फर्किएका छैनन्।

चिकित्सकहरूले सामूहिक राजीनामा दिएपछि अहिले आकस्मिक र ओपीडी सेवा अस्पतालका हेल्थ असिस्टेन्ट र स्वास्थ्यकर्मीहरूले सञ्चालन गरिरहेका छन्।

चतरा अस्पतालमा २४ घण्टा इमेर्जेन्सी, ओपीडी, ल्याब, एक्सरे, प्रसुती सेवा तथा स्वास्थ्यकर्मीको निगरानीमा औषधी उपचार गर्नुपर्ने बिरामीहरूलाई वार्डमा भर्ना गरी सेवा सुविधा दिइँदै आएको छ।

‘अहिले इमेर्जेन्सी चिकित्सकविहीन भएको अवस्थामा बिरामीले समयमा उपचार नपाएर अकालमै मृत्यु भएमा त्यसको जिम्मेवारी व्यवस्थापन समिति, दोषी र चिकित्सक कसले लिने?’ स्थानीय डम्बर कार्कीले प्रश्न गरे, ‘चतरा अस्पतालमा सानालाई ऐन ठूलालाई चैन कहिलेसम्म?’

शनिबार, माघ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.