भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका– १५ मा रहेको दुर्गा आमा समूहले अक्षयकोष स्थापना गरेको छ । आज पशुपति क्याम्पसमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको समूहकी उपाध्यक्ष भवानी रानाले बताइन् ।
आमा समुहका अध्यक्ष राधा कुमारी कोईरालाले क्याम्पस व्यवस्थापन समितिलाई चेक मार्फत उक्त रकम हस्तान्तरण गरिन् । क्याम्पस संचालक समितिका अध्यक्ष ताम बहादुर रानाले शैक्षिक बिकासका लागि अक्षयकोष स्थापना गरेकोमा धन्यवाद दिदै उदाहरणीय र प्रशंसनीय कार्य भएको बताए ।
अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा क्याम्पस संचालक समिति अध्यक्ष ताम बहादुर राना, उपाध्यक्ष लिलाबल्भव गैरे, सदस्यहरु भिमलाल बस्याल, रामप्रसाद बस्याल, प्राध्यापक संघ सभापति चेतराम पराजुली, सहायक क्याम्पस प्रमुख जित बहादुर रास्कोटी तथा आमा समुहका पदाधिकारी सदस्यहरुको उपस्थिति थियो ।
उक्त आमा समूहले स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।