• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

अमेरिकामा हिमआँधीमा परी उनान्चास जनाको मृत्यु


मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित

वासिङ्टन : ‘शताब्दी कै विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको सोमबार न्यूयोर्कका आपतकालीन कर्मचारीहरूले जानकारी गराएका छन् । प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने कोसिस भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

Advertisement

न्यूयोर्कका गभर्नर क्याथी होचुलले भने, ‘उत्तरपूर्वी अमेरिकाका केही भागहरूमा हिमआँधीको अवस्था कायमै रहेको छ । यो खराब मौसमको विनाशकारी यात्रापछिको जोखिमयुक्त अवशेष हो । आँधीले देशलाई धेरै दिनसम्म चीसोको सामना गर्न बाध्य पारेको छ।’

‘हिमआँधीका कारण व्यापक रूपमा बिजुली कटौती भएको छ, हजारौँको बाटौमा अलपत्र परेका छन् र नौ राज्यहरूमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ,’ न्यूयोर्क प्रशासनद्वारा सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

न्युयोर्क राज्यमा अधिकारीहरूले विशेष गरी बफेलोमा घन्टौंसम्मको हिमबर्षापछि, सवारी साधनको अवरूद्धता र हिउँको किनारमा शवहरू फेला परेको र आपतकालीन कर्मचारीहरू जीवित व्यक्तिहरूको खोजीमा ‘कारदेखि कारसम्म’ मा जाने डरलाग्दो अवस्थाको वर्णन गरेका छन्।

तीव्र हिमआँधी, हावाहुरी र शून्यभन्दा कम तापक्रमका कारण हालैका दिनहरूमा १५ हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएको ट्र्याकिङ, फ्लाइटवेयर डट कमले जनाएको छ।

अमेरिकामा खराब जाडो मौसमको लागि अपरिचित नमानिने एरी काउन्टीको प्रसिद्ध शहर बफेलो सङ्कटपूर्ण अवस्थाको केन्द्रबिन्दुमा रहेको छ । शहरका धेरै भागमा ठूलो मात्रा तीन फिटसम्म हिउँले जमिनलाई ढाकेको छ।

न्यूयोर्कका गभर्नर होचुलले मङ्गलबार पत्रकारसँगको कुराकानीमा भने, ‘निश्चित रूपमा यो शताब्दीको विनाशकारी हिमआँधी हो।’

होचुलका अनुसार न्युयोर्कका केही शहरमा रातभर ३० देखि ४० इन्च (०.७५ देखि १ मिटर) सम्म हिउँ जमेको छ।

विनाशकारी हिमआँधीपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोमबार पछि होचुलले राष्ट्रपति जो बाइडेनसँग कुरा गर्नुभएको र न्यूयोर्क राज्यलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले ‘संघीय सरकारको पूर्ण शक्ति’ परिचालनको प्रस्ताव गर्नुभएको थियो र राष्ट्रपतिले बाइडेनले सहयोगको प्रतिवद्धतासहित आँधीमा आफ्ना प्रियजनहरूको आत्मको शान्तिका लागि प्रार्थना गर्नुभएको छ।’

बाइडेनले प्रभावित राज्यका लागि आपतकालीन सहयोगको घोषणालाई पनि अनुमोदन गरेको ह्वाइट हाउसले जनाएको छ।

मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.