मेष- स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा आइपर्ला। सानातिना काममै अल्झनु पर्दा मन खिन्न रहनेछ।
वृष- प्रयत्न गरे मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुट्कारा मिल्ने समय छ। धनलाभ होला।
मिथुन- आम्दानीका स्रोतहरू बढ्नेछन्। प्रेमको बन्धन कस्सिने बेला छ। प्रतिस्पर्धीहरूले हार खानेछन्।
कर्कट- सवारी साधनमा यात्रा गर्दा सावधानी अपनाउनु होला। व्यावसायिक यात्राको सम्भावना छ। मिहिनेतले सामान्य आम्दानी भइरहनेछ।
सिंह- इच्छाशक्ति बढ्नुका साथै चिताएको काम पूरा होला। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। पढाइ लेखाइमा पनि प्रगति गर्न सकिनेछ।
कन्या- केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ।
तुला- मुद्दा मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला।
वृश्चिक- अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्।
धनु- आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ। पतिपत्नीमा भने अविश्वास बढ्ने योग छ।
मकर- आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ।
कुम्भ- मनग्य धन लाभ हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ।
मीन- अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमान दिलाउने सम्भावना छ। सवारी चलाउँदा सावधानी अपनाउनु होला।