• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

इन्स्टाग्राममा सर्वाधिक ‘लाइक’ भएका १० मध्ये पाँच तस्बिर मेस्सीका, विश्वकपसँगै सुतेको तस्बिर पनि पर्‍यो


बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित

काठमाडौं – एक पटक आँखा चिम्लिएर इन्स्टाग्राममा सबैभन्दा धेरै प्रयोगकर्ताले फलो गरेको खाताबारे अनुमान गर्नुहोस् त१ तपाईँको मनमा पक्कै कुनै हलीवुड अभिनेता, सङ्गीतकार, ‘रीयालिटी शो’ मा सहभागी कुनै हस्ति वा ‘सोशल इन्फ्ल्यूएन्सर’को तस्बिर आयो होला हैन? तर सर्वाधिक फलोअर भएका खाता तपाईँको अनुमानभन्दा नितान्त भिन्न छ।

Advertisement

अहिले इन्स्टाग्राममा सबैभन्दा बढी रुचाइएका पोस्ट फुटबल खेलाडीहरूले गरेका छन्। अनि यो कुरामा आर्जेन्टिनाका फुटबल खेलाडी लिओनेल मेस्सी (अहिलेका लागि) निर्विवाद रूपमा अग्रस्थानमा छन्।

विकिपिडियाले अद्यावधिक गरी प्रकाशन गरेको वरीयतामा इन्स्टाग्राममा सर्वाधिक लाइक गरिएका १० मध्ये पाँच तस्बिर मेस्सीका छन्। सन् २०२२ को विश्वकप विजेता आर्जेन्टिनी टोलीका कप्तानले हालेका कतारमा भएको प्रतियोगितासँग सम्बन्धित अधिकांश पोस्टहरू बढी रुचाइएका पोस्टमा परेका छन्।

सर्वाधिक ‘लाइक’ गरिएका तस्बिरहरूको सूची २० पुर्‍याएर हेर्ने हो भने पनि तीमध्ये आठवटा तस्बिर मेस्सीकै छन्। दोस्रो स्थानमा पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन्। उनका तीन तस्बिर सर्वाधिक १० लाइक गरिएका तस्बिरको सूचीमा पर्न सफल भएका छन्।

आरियाना ग्रान्डे, जेन्डेया, काइली जेनर, टम हलन्ड र बिली आइलिशजस्ता कलाकार अनि सञ्चारमाध्यममा काम गर्ने व्यक्तित्वहरूका तस्बिर पनि सर्वाधिक लाइक गरिएको सूचीमा परेका छन्।

डिसेम्बर १८ आइतवारको दिन फुटबल विश्वविजेता बनेपछि आर्जेन्टिनाको टोलीले उत्सव मनाइरहेको बेलाका तस्बिरहरू मेस्सीले पोस्ट गरेका थिए। उक्त पोस्ट इन्स्टाग्राममा सर्वाधिक ‘लाइक’ गरिएको तस्बिरका रूपमा सूचीकृत भएको छ।

यो तस्बिरलाई सात करोडभन्दा बढी प्रयोगकर्ताले लाइक गरेका छन् र पाँच करोड ८० लाख लाइकसहित झन्डै चार वर्षसम्म शीर्षस्थानमा रहन सफल एउटा अण्डाको तस्बिरलाई उछिन्न यो पोस्ट सफल भएको छ।

इन्स्टाग्राममा सबैभन्दा बढी लाइक गरिएका तस्बिरहरू हेर्नुहोस्।

२० – बिली आइलिशले कपालको रङ्ग फेरेपछि पोस्ट गरेको तस्बिर (मार्च १७, २०२१)

१९ – आर्जेन्टिनाले नेदरल्यान्ड्सलाई हराएपछि मेस्सी (डिसेम्बर १७, २०२२)

१८ – फुटबल विश्वकपको फाइनल खेलअघि मेस्सी र एडिडासले संयुक्त रूपमा पोस्ट गरेको तस्बिर (डिसेम्बर १७, २०२२)

१७ – विश्वकपमा हार बेहोरेसँगै निराश मुद्रामा ब्रजिलका खेलाडी नेइमार (डिसेम्बर १०, २०२२)

१६ – काइली जेनरको नवजात शिशुको हत्केला (फेब्रुअरी ७, २०२२)

थप Instagram मा हेर्नुहोस्

१५ – मेक्सिकोसँगको खेल जितेपछि रमाउँदै मेस्सी (नोभेम्बर २६, २०२२)

१४ -स्पाइडरम्यानको पोसाकमा टम हलन्ड, टोबी मग्वाया र एन्ड्र्यू गाफील्ड (फेब्रुअरी २३, २०२२)

१३ – काइली जेनरद्वारा आफू गर्भवती भएको जानकारी सार्वजनिक (सेप्टेम्बर ८, २०२१)

थप Instagram मा हेर्नुहोस्

१२ – टम हलन्डको जन्मदिन मनाउँदै जेन्डेया (जुन १, २०२२)

११ – एरियाना ग्रान्डेको विवाह (मे २६, २०२१)

१० – क्रोएशियालाई आर्जेन्टिनाले हराएपछि मेस्सी (डिसेम्बर १४, २०२२)

 

९ – मृत्युअघि एक्सएक्सएक्सटेन्टाशियोन (XXXTentation) ले गरेको अन्तिम पोस्ट (मे २०, २०१८)

८ – विश्वकप जित्ने सपना ‘अपूरो’ भएपछि क्रिस्टियानो रोनाल्डो (डिसेम्बर ११, २०२२)

 

Instagram पोस्ट समाप्त, 13

७ – लूई भुटनका लागि तयार पारिएको तस्बिरमा क्रिस्टियानो रोनाल्डोसँग बुद्धिचाल खेल्दै मेस्सी (नोभेम्बर १९, २०२२)

 

६ – आफूहरू मातापिता बन्न लागेको सार्वजनिक गर्दै क्रिस्टियानो रोनाल्डो र जोजिना रोड्रिगेज (अक्टोबर १८, २०२१)

५ – विश्वकप उपाधि उचाल्दै मेस्सी (डिसेम्बर १९, २०२२)

 

४ – क्रिस्टियानो रोनाल्डोले पोस्ट गरेको मेस्सीसँग बुद्धिचाल खेलेको तस्बिर (नोभेम्बर १९, २०२२)

३ – विश्वकप उपाधि लिएर सुतेको मेस्सीको तस्बिर (डिसेम्बर २०, २०२२)

२ – एउटा अण्डाको तस्बिर (ज्यानुअरी ४, २०१९)

१ – फुटबलमा विश्वविजेता बनेसँगै हर्षोल्लास गर्दै मेस्सी र उनको टोलीका अन्य सदस्य (डिसेम्बर १८, २०२२)

बीबीसी नेपालीबाट साभार

बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.