• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि


बुधबार, पुष ०६, २०७९ मा प्रकाशित

काठमाडौं- राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

Advertisement

सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यस पालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ ।

प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन् । गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख पुरस्कार वृद्धि गरिएको आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता सञ्चालन गर्ने भनी एन्फाबाट समय तालिका प्राप्त भएकामा पोखरामा हुने १३ गतेको मैत्रीपूर्ण खेलका कारण दुई दिनपछि प्रतियोगिता सरेको हो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लबहरू नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाइएससी, मच्छिन्द्र फुटबल क्लब, नेपाल प्रहरी फुटबल क्लब, सङ्कटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिनेछन् । गत वर्ष एपिएफ च्याम्यिन बन्दा उपविजेता मनाङ मस्याङ्दी क्लब भएको थियो ।

विसं २०५८ मा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औँ संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिँदै आएको छ । सो एकेडेमीमा हाल तेस्रो व्याचको १३ बालक आश्रित रहेका सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले बताए । प्रतियोगिताका लागि सहारा क्लब हङकङले रु तीन लाख सहयोग उपलब्ध गराउने छ ।

प्रतियोगिताबाट आम्दानी रु एक करोड ५९ लाख ५० हजार र खर्च रु एक करोड १३ लाख ५६ हजार हुने अनुमान गरिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ उद्देश्यका साथ मोफसलको चर्चित सहारा क्लब पोखराले सञ्चालन गर्ने यो प्रतियोगितामा विगतमा जस्तै यसपटक समेत हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन छ ।

 

  • खेलकुद
  • पोखरा
  • फुटबल
बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.