• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

धरापमा खच्चड व्यवसाय


आइतबार, पुष ०३, २०७९ मा प्रकाशित

काठमाडौं- कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्ची सडकको ट्याक्टर भनिन्थ्यो। बजारदेखि गाउँसम्म सामान ढुवानी गर्ने साधन यिनै थिए।

Advertisement

पछिल्लो समयमा गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसाय खुम्चिएको छ। साँघुरो बाटोमा दुईतिर बोरा बोकाएर घण्टी बजाउँदै गाउँसम्म सामान ढुवानी गर्ने गरेको सिंजा ६ का खच्चड व्यवसायी सर्पजित बुढाले बिर्सेका छैनन्। उनले अहिले पनि चार पाँच वटा खच्चड पालेर मुगु, हुम्ला र डोल्पा बजारदेखि सामान लैजान्छन्। उनले भने,पहिले खच्चड व्यवसाय निकै राम्रो थियो। तर अहिले सडक सन्जालको विस्तारसँगै खच्चड लोप हुने अवस्थामा पुगिसकेका छन्।

ढुवानीका लागि उत्कृष्ट र भर पर्दो माध्यम भए खच्चड नै थिए। सवारीसाधनको प्रयोग र गाडी गुड्ने सडक बनेपछि खच्चडमा ढुवानी गर्दा निकै महँगो पर्न गयो। जसकारण किसानले खच्चड पाल्न छाडे।

गुठीचौर गाउँपालिका–१ गडिगाउँका राजकुमार थापाले २०५९ देखि २०६६ सम्म खच्चडमा सामान ढुवानी गर्ने व्यवसाय गरे। उनको कमाइ पनि राम्रो भएको थियो। उनले कमाइसँगै सेवा पनि दिइरहेका थिए। तर पछि सडक सन्जाल विस्तारसँगै ढुवानीका लागि खच्चडको माग कम हुन थाल्यो। अहिले त्यो व्यवसायबाट उनी अलग्गिएका छन् ।

अहिले उनले आफ्नो घरको सामान ढुवानी गर्नको लागि मात्रै खच्चड पालन गरेका छन्। पहिले कर्णालीका विभिन्न हाटबजारबाट भारी बोकिन्थ्यो तर अहिले गाउँमा मोटरबाटो पुगेपछि ढुवानीसमेत पाउँदैनन्। सबै ट्य्राक्टर, जिपले नै घरघरमा सामान पुर्याउँछन्। यसले गर्दा खच्चड पाल्न समेत धौधौ भएको छ।

संघीय व्यवस्था कार्यन्वयनसंगै गाउँमा पुगेका सिंहदरबारले पाँच वर्ष सडकलाई नै प्राथमिकता दिए। जिल्लाको ८ पालिकामा रहेका ६० वडामा सडक जोडिएको छ। गुठीचौर– ३ का गंगाराम गिरीले भने, सडक सन्जालको पहुँच पुगेका क्षेत्रमा खच्चडको प्रयोग हुने कुरो भएन। अहिले त खच्चड व्यवसायबाट जीविकोपार्जन गर्ने नैे विस्थापित हुनुपर्ने अवस्था आइपुग्यो।

 

आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

भर्खरै

  • १.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • २.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ३.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ४.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ५.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ६.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ७.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.