• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

नेपथ्यको लोकरकमा झुम्यो चितवन


सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित

भरतपुर- बत्तीका चकमन्‍न रंगीविरंगी धर्काहरूले आकाश र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्‍चमा चढेका गायक अमृत गुरुङले गाउन शुरु गरेः

Advertisement

‘आकाशैबाट के उडी आयो
भेँडाको ऊनजस्तो’

उता मञ्‍चको माथिल्लो भागबाट हिउँ पर्दै गरेको भान पार्नेगरी स्‍नो इफेक्टको प्रयोग गरिएको थियो। तल सांगीतिक उत्तेजनामा चिच्याइरहेका झण्डै साढे ६ हजार दर्शकको आवाजले मञ्‍चको ध्वनीलाई समेत चुनौति दिइरहेको थियो।

हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्यान्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट शुरु गरेको नेपथ्यले यसरी चितवनमा भने दर्शकहरू माझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतीका रूपमा छनोट गरेको थियो। प्रतिक्रियामा चार वर्षपछि यस शहरमा फेरि आएको ब्यान्डलाई दर्शकहरूले भरपुर स्वागत गरे।

चितवनसँग नेपथ्यको पुरानो नाता

चितवनका दर्शकहरूसँग नेपथ्यको सम्वन्ध निकै पुरानो हो। सबैभन्दा पहिलो कन्सर्ट यहाँ ब्यान्ड स्थापनालगत्तै गणेश चलचित्र मन्दिरमा सन् १९९५ मा आयोजना गरिएको थियो। त्यो क्रम बढ्दै पछिल्लोपटक ब्यान्ड सन् २०१८ मा यहाँ प्रस्तुत भएको थियो। त्यतिबेला नारायणी नदीको किनारमा कन्सर्ट आयोजना गरिएको थियो भने यसपाला पहिलोपटक क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो।

मैदानभरि अटाएका दर्शकहरूको भब्य र सभ्य उपस्थितिले यसरी मुलुकभरको यात्रामा निस्केको नेपथ्यको यो चौथो प्रस्तुती पनि भव्य सफल भएको छ। महिनादिन लामो यात्राअन्तर्गत यसअघि विराटनगर, वीरगञ्‍ज र हेटौंडामा यस्तै भव्य कन्सर्ट सम्पन्‍न भइसकेका छन्।

दर्शकलाई अमृतको अभिवादन

करिब डेढ दशक पुरानो गीतबाट शुरु गरेको ब्यान्डले दोश्रो गीत भने झण्डै तीन दशक पुरानो सुनाएको थियो। गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा’। नेपथ्यको सर्वकालिक हिट यो गीत ब्यान्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको थियो।

यो गीत सकिनेबित्तिकै गायक अमृतले दर्शकहरूलाई अभिवादन गरेका थिए।

‘नारायणघाट आउँदा जहिले पनि म उहि ३० वर्ष अघिको अमृत गुरुङ हुँ जस्तो महशुस हुन्छ,’ उनले भनेका थिए, ‘भेरि भेट्ने जोग जुरेको बेला सबैलाई स्वागत छ है।’

त्यसपछि ‘अब तपाईंहरूलाई म रोदीघरतिर लैजान्छु’ भन्दै उनले तेश्रो गीत सुनाएका थिए ‘खान्‍न म त लामपाते सुरती’।

धमाधम तीनवटा लोकप्रिय गीत सुनाउन्जेल मंसिर अन्त्यको चिसोकै बीच पनि चितवनका दर्शकहरूमाझ व्यापक तापक्रम फैलिसकेको थियो।

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरू ‘चरि मर्‍यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता दिएका थिए।

‘हामी ०४२ सालमा सात दिन लगाएर जोमसोम पुगेका थियौं,’ अमृतले दर्शकहरूलाई भने, ‘अब यो देवघाटबाटै बगेको कालीगण्डकी किनारै किनार पुगिने त्यो हिमाली भेग एकै दिनमा जान सकिन्छ।’

यसरी मुलुक घुम्न सजिलो भएको बेला यो मौका नछुटाउन र आफ्नो देशलाई राम्ररी बुझ्‍न सम्पूर्ण दर्शकलाई आव्हान गरे।

अमृतले त्यसपछि धौलागिरितिरै तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए।

‘जीवन भनेको आज छ भोलि के हुन्छ थाहा छैन,’ उनले भनेका थिए, ‘आफू बाँचे पनि समाजका अरू मानिसहरू बाँच्न पाएका छन् कि छैनन् भन्‍ने चिन्ता लिँदै गच्छेअनुसारको दान सबैले गरौं है।’

घरपरिवारबाट निकालिएर सडकमा आश्रित बन्‍न पुगेका मुलुकभरका नागरिकको सेवामा खटिएको मानवसेवा आश्रमसँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो। यसै क्रममा ब्यान्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्‍चको पृष्‍ठभागमा आश्रमकै आश्रित मानवहरूको मन छुने तस्बिरहरू देखाइएको थियो।

गुरुङले अघिल्लो दिन शनिबार मात्रै ‘मानव सेवा आश्रम’को चितवनस्थित शाखा कार्यालय भ्रमण गरेका थिए। त्यस अवसरमा उनलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले स्वागत गरेकी थिइन्।

मुलुकभर सडकमा आश्रितहरूलाई उद्धार गर्दै खाना र छाना दिने काम गरेकैबाट प्रभावित भई ब्यान्ड संगीतका माध्यमबाट आश्रमसँगै मिलेर मानवताको सेवातर्फ मोडिन चाहेको अमृतले प्रष्‍ट पारेका थिए।

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो। अमृतले मञ्‍चबाट यो गीत गाइरहँदा क्याम्पाचौर मैदानमा भरिएका अधिकांश दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो।

‘वाद र विचारलाई आफैंमा सीमित राखौं’

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः

‘चुनाव सकिएको छ। अब आफ्ना वाद र विचारलाई आफैंमा सीमित राखेर मुलुक बनाउनेतर्फ सबै एकजुट होऔं है’

धुनकै क्रममा गायकबाट आएको यो आह्वानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो।

कार्यक्रमको अन्त्यतिर सधैंजस्तै नेपथ्यको सर्वकालिक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो।

‘नेपथ्य आउने समाचारले धेरै दिनदेखि यो क्षण कहिले आउलाजस्तो लागिरहेको थियो,’ साथीहरूको भिडकै बीच नृत्य गरिरहेकी सिर्जना अधिकारीले भनिन्, ‘यसपाला हामीले काटेको टिकटबाट मानवसेवामा पनि योगदान पुग्दैछ भनेर झनै खुशी लागेको छ।’

मञ्‍चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

संगीतका साथै मानवता प्रबर्द्धनका लागि नेपथ्यको यो कन्सर्टले विराटनगर, वीरगन्ज र हेटौंडापछि चितवनमा पनि व्यापक सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी व्यक्त गरे। ‘चितवनमा स्व. विष्‍णुगोपाल श्रेष्‍ठको परिवारबाट प्राप्त जग्गा र दाताहरूकै सहयोगमा मानवसेवा आश्रम तयार भइसकेको छ,’ उनले भने, ‘यो कन्सर्टबाट उठेको रकमले हामी थप भवन निर्माणका साथै आश्रितहरूको संरक्षण र पालनपोषणमा लगानी गर्नेछौं।’

चितवनको कन्सर्ट सम्पन्‍न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइटा बसमार्फत् सोमबार नेपालगञ्‍जतर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘नेपालगञ्‍ज रंगशाला’मा नेपथ्य २९ मंसिरमा प्रस्तुत हुँदैछ।

सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.