• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

गण्डकीमा दाबेदार चार नेता, तर कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री निश्‍चित


शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित

काठमाडौं- गण्डकी प्रदेशमा कांग्रेस नेता सुरेन्द्र पाण्डे भावी मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन्। पाण्डे गोरखा-२ ‘ख’ बाट निर्वाचित भएका छन्।

Advertisement

गोरखा-२ बाट प्रतिनिधिसभाको टिकट पाउने पक्कापक्कीजस्तै रहेका पाण्डे माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्न गोरखा आउने भएपछि प्रदेशमा झर्नुप¥यो। त्यसैले गोरखा-२ बाट निर्वाचित पाण्डेलाई निर्वाचनअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले भावी मुख्यमन्त्री रूपमा अगाडि सारेका थिए।

कांग्रेसबाटै मुख्यमन्त्रीको दाबेदार छन्, गण्डकीका कांग्रेस सभापति शुक्रराज शर्मा पनि। तथापि, उनी समानुपातिकतर्फका प्रदेश सदस्य बन्दै छन्। कांग्रेसभित्र गण्डकीको संसदीय दलको नेता बन्‍ने यी दुई नेताबीच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा देखिएको छ।

गण्डकीमा १८ सिट जित्दै कांग्रेस पहिलो दल बनेको छ। यस्तै, १२ सिटमा विजय हासिल गरेर एमाले दोस्रो र ४ सिट हात पार्दै माओवादी केन्द्र तेस्रो दल बनेका छन्। नेपाल समाजवादी पार्टी र स्वतन्त्र १-१ ठाउँमा निर्वाचित भएका छन्।

एकीकृत समाजवादीले यो प्रदेशमा जित निकाल्न सकेन। त्यसैले हो, एकीकृत समाजवादीले मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङेलाई पार्टी प्रवेश गराएको पनि।

सोही कारण यस प्रदेशमा मुख्यमन्त्रीको दाबेदारमा सत्ता गठबन्धनबाट कांग्रेस र माओवादी तथा सरकार बनाउन खोज्दा एमालेका सांसद प्रमुख देखिएका छन्। तथापि, सत्ता गठबन्धनकै अग्रता रहेकाले कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच रस्साकस्सी चल्ने सम्भावना उत्तिकै छ। तर, देउवा र प्रचण्ड दुवैले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारिसकेकाले माओवादी केन्द्रका नेताहरूको दाबी फिका पर्न सक्ने सम्भावना देखिन्छ।

एमाले नेता तथा तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारमा आन्तरिक मामिला मन्त्री रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान पनि यसपटक मुख्यमन्त्रीको दौडमा छन्। उनी तनहुँ-१ ‘ख’ बाट निर्वाचित भएका छन्। उनले सत्ता गठबन्धनमा भागबण्डा गर्दा गण्डकीमा माओवादीले मुख्यमन्त्री पाउनुपर्ने दबाब नेतृत्वलाई दिँदै आएका पनि छन्।

एमालेबाट भने गण्डकीमा केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी चर्चामा छन्। उनी प्रतिनिधिसभाबाट प्रदेशसभामा झरेका हुन्। मुख्यमन्त्री बन्‍नकै लागि अधिकारी संघबाट प्रदेशमा झरेको उनी निकटस्थ नेताहरूको भनाइ छ। कास्की-१ ‘क’ बाट निर्वाचित अधिकारीलाई चुनौती दिनसक्ने अन्य नेता एमालेमा नभएकाले उक्त पार्टीले सरकार बनाउने अवस्थामा अधिकारी नै मुख्यमन्त्रीको एक्लो दाबेदार देखिएका छन्।

६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ सांसद प्रत्यक्ष निर्वाचित हुन्छन्। बाँकी २४ जना समानुपातिकबाट आउँछन्।

गण्डकीमा प्रदेश समानुपातिकतर्फको मतका आधारमा एमाले पहिलो दल बनेको छ। एमालेले ३ लाख ६७ हजार ९८९ समानुपातिक मत पाएको। यस्तै, दोस्रो दल बन्दै कांग्रेसले ३ लाख ४९ हजार ६२८ मत पाएको छ भने माओवादी केन्द्रले तेस्रो दलका रूपमा १ लाख १६ हजार ९४५ मत पाएको छ। चौथो दल बन्दै राप्रपाले ५९ हजार ४८३ मत प्राप्त गरेको छ।

प्रदेशसभातर्फ राष्‍ट्रिय पार्टी बन्‍न १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ। त्यस हिसाबबाट गण्डकीमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी एक्लै २७ सिट हात पारेको छ। कांग्रेसलाई सरकार बनाउन अब मात्र चार सिट आवश्यक हुन्छ।

गठबन्धनकै माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट प्राप्त गरेको छ। यस्तै, एकीकृत समाजवादीसँग दीपक मनाङेको एक सिट छ। र, माओवादीकै चुनाव चिह्न लिएर उठेका नेपाल समाजवादी पार्टीका एक सांसद छन्। त्यो भनेको पाँचदलीय गठबन्धनका पक्षमा ३६ सांसद देखिएका छन्। र, गठबन्धन सुविधाजनक बहुमतमा छ।

विपक्षमा रहेका दलमध्ये एमालेले १२ प्रत्यक्ष र समानुपातिक १० गरी २२ सिट हात पारेको छ। एमालेसँगै तालमेल गरेको राप्रपाले समानुपातिकमा मात्र २ सिट पाएको छ।

एकीकृत समाजवादी, हाम्रो नेपाल पार्टी र राष्‍ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाए पनि एकजना सांसद प्राप्त गर्न आवश्यक मत प्राप्त गर्न नसकेका कारण राष्‍ट्रिय पार्टी बन्‍नबाट वञ्‍चित भएका छन्।

शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.