• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पुस्तक समीक्षा : इजिप्टको लोकतन्त्र चियाउने ‘इजिप्ट अन्टिल डेमोक्रेसी’


मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित

काठमाडौं- लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुणहरूलाई कसरी भूमण्डलीकरण, विज्ञान-प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत विकासले चुनौती दिन्छ भन्ने कुरालाई प्रष्ट देख्न सकिन्छ।

Advertisement

अझ भनौँ मुख्य शक्ति राष्ट्रहरूका स्वार्थलाई चुनौती दिँदा अन्त्यमा देशले कतिसम्मको पीडा खप्नुपर्ने हुनसक्छ र त्यो पनि भूमण्डलीकरणको घुमाउरो चेपमा अप्रत्यक्ष रूपमा कसरी शक्ति राष्ट्रहरूले फसाउँदै लैजान्छन् भन्ने कुरा यस पुस्तकका लेखक प्राध्यापक डा. पुष्प अधिकारीले प्रष्ट पारेका छन्।

राष्ट्रपति गमाल अब्देल नासेरले सुएज क्यानल (बाँध) लाई राष्ट्रियकरण गरेको बदला कसरी शक्ति राष्ट्रहरूले लिए र प्रजातन्त्रको नाममा इजिप्टलाई पश्चिम एसियाको मुख्य शक्तिराष्ट्रबाट विकासोन्मुख राष्ट्रको हारमा खसाले भन्ने कुरा पुस्तकले विस्तृत बताएको छ। पश्चिमा राष्ट्रको लहैलहैमा लाग्दा कसरी राष्ट्रपति अनवर-अल-सादात आफ्नै मुलुकको हितको बेवास्ता गर्न थाल्छन् र पश्चिमा हित पूरा हुन छोडेपछि अन्त्यमा उनको हत्या हुन्छ ? यसको चर्चा पुस्तकमा छ।

सादातकै उपराष्ट्रपति होस्नी मुबारक राष्ट्रपति बनेपछि पश्चिमा खासगरी अमेरिकाको आडमा ३० वर्ष शासन सम्हाल्छन्। जब उनको पनि उपयोगिता सकिएको भान अमेरिकालाई हुन्छ, कसरी लोकतान्त्रिक आन्दोलनको छद्म आडमा उनलाई पनि विस्थापित गरियो भन्ने कुरा प्रष्ट रूपमा पुस्तकमा पढ्न पाइन्छ।

अमेरिकाले वर्षौंसम्म इजिप्टमा सहायताका नाममा अर्बौं डलर खन्याएको र अन्त्यमा त्यसमै इजिप्टको बानी परेपछि सो सहायतालाई मोलमोलाइको मुख्य औजार बनाएर इजिप्टको अर्थतन्त्र धराशयी पारिएको घटनाको बेलिविस्तार पुस्तकमा पाइन्छ। दोस्रो विश्वयुद्धपछि पश्चिम एसियामा विकसित आर्थिक तथा सैनिक शक्तिराष्ट्र इजिप्टसँग मितेरी गाँस्न तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर बारम्बार कायरो पुगिरहन्थे र अमेरिका अनबर-अल-सादातको शासनको पक्षमै रहने गरेको तथ्य पुस्तकमा पाइन्छ।

लामो र गहिरो अनुसन्धान साथ तयार पारिएको ‘इजिप्ट अन्टिल डेमोक्रेसी’ पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ। खासगरी, लोकतन्त्रको अमेरिकी संस्करणमा डुबुल्की मार्न खोज्ने दक्षिण एसियाली राष्ट्रका राजनीतिज्ञ, योजनाविद् तथा प्राज्ञिक वर्गले यो पुस्तक पढ्नैपर्छ भने सिफारिस गर्न सकिन्छ।

लामो समय पत्रकारितामा परिचित तथा हाल राजनीतिशास्त्रका प्राध्यापक डा. अधिकारीले यो पुस्तक १० वर्षको परिश्रमबाट तयार पारेका हुन्। त्यो मिहिनेत पुस्तक पढ्दै गर्दा देखिन्छ। लान्सर पब्लिकेसन्स नयाँदिल्लीले प्रकाशनमा ल्याएको यो पुस्तक अमेजन, फ्लिपकार्ट र लान्सर पब्लिसर्सबाट अनलाइनमार्फत खरिद गर्न सकिन्छ।

मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.