• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कालोपत्रे अलपत्र बन्दा बराहक्षेत्रका बासिन्दाको सास्ती


शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिका–२ का जागृती चोक, सखुवा गाछी, रेल्वेलाइन, १३ आरडी, जब्दी तथा वडा नम्बर ७ को सोमबारे हुँदै चक्रघट्टी, नगरपालिका कार्यालय जोड्ने सडक समयमा कालोपत्रे नहुँदा स्थानीय बासिन्दा सास्तीमा छन्।

Advertisement

कालोपत्रे गर्ने नाममा ठेकदार पक्षले बेस (गिटी) हाले पनि १० महिनादेखि कालोपत्रे नगरी बेवारिसे तरिकाले आधा काम गरेर सम्पर्कविहीन भएको स्थानीय बद्री दाहालले बताए। उनका अनुसार ठेकदार पक्षले समयमा कालोपत्रे नगरी दिँदा स्थानीय बासिन्दामा धुलोका कारण श्वास प्रश्वास, रुघामर्कीलगायत रोगले सताएका छन्। खासगरी, वृद्धवृद्धा, सुत्केरी, बालबालिका बढी प्रभावित भएका छन्।

‘कालोपत्रे गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी कता हरायो ? हिउँदमा काम नगरेर कहिले गर्ने हो?’ स्थानीय युवा गोविन्द नेपाल प्रश्न गर्छन्, ‘सडक कालोपत्रे भए नभएको अनुगमन गर्ने जिम्मा कसको हो ? स्थानीय जनप्रतिनिधिहरू यो बाटोको बारेमा पशुपतिनाथ अगाडिको निर्जीव बसाहजस्तै मौन र मुकदर्शक भएर किन बसेका हुन्?’

ठेकेदार पक्षको ढिलासुस्तिका कारण धुलोले गर्दा दीर्घरोग लागेर अकालमै मृत्युवरण गर्नुपर्ने जोखिममा स्थानीय बासिन्दा छन्।

‘कुन कम्पनीले ठेक्का लिएको हो? कति बजेटमा ठेक्का पारेको हो? अनि कहिलेसम्ममा कालोपत्रे बनाइसक्नु पर्ने हो? सार्वजनिक सूचना होर्डिङ बोर्ड राख्नुपर्नेमा कहींकतै पनि ठेकदार पक्षले राखेको छैन, किन हो?’ स्थानीय सुभाष गौतम भन्छन्।

यो बाटोको बारेमा मेयरलगायत जनप्रतिनिधिलाई बारम्बार घचघच्याएको वडा नम्बर २ का निर्वाचित वडा सदस्य चुनु श्रेष्ठको भनाइ छ। ‘तर, उनीहरूले मेरो कुरा सुनेनन्, हामी सदस्य त थपना मात्र रहेछौं,’ उनले भनिन्।

यो सडकबारे स्थानीय बासिन्दाको तर्फबाट हस्ताक्षर संकलन गरी भोलि आइतबार बराहक्षेत्रका नगरप्रमुख रमेश कार्कीलाई भेटेरै ध्यानाकर्षण गराइने स्थानीय मनोज कार्कीले जानकारी दिए। एक साताभित्र समस्या समाधान गर्नेतर्फ नगरपालिका नलागेमा स्थानीय बासिन्दाहरू नगरपालिका घेराउलगायत विरोधमा उत्रिने उनले जानकारी दिए।

शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.