• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

अबको सरकारको नेतृत्व शेरबहादुर देउवाले नै गर्ने हो : मन्त्री चौधरी


बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित

काठमाडौं : शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने दाबी गरेका छन्।

Advertisement

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकार निर्माण गर्ने विषयमा छलफल भैरहेको छ, पाँच दलीय गठबन्धनको नै सरकार बन्छ । सरकारको नेतृत्व र मन्त्रीहरु पनि सल्लाहमै टुँगो लगाउँछौं । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ । निर्वाचनमा हामीले पाँच दलीय गठबन्धन बनाएका थियौं। पाँच वर्षसम्म अब यही गठबन्धनको सरकार बन्छ । यसमा कोही पनि कन्फ्युजन हुन जरुरी छैन्।’

क्लबका प्रतिनिधि ईश्वर कार्कीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘एमालेसहितको वामपन्थीहरुको सरकार बन्ने कुनै सम्भावना छैन् । यसमा कसैले पनि भ्रम नपाले हुन्छ । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । कांग्रेस ठूलो दल हो । उसको फष्ट च्वाईस हो । प्रधानमन्त्रीमा दाबी गर्ला । गठबन्धनभित्र कांग्रेसपछि माओवादी दोस्रो ठूलो दल हो, उसले राष्ट्रपति च्वाईस गर्ला । एकीकृत समाजवादीले सभामुखमा दाबी गर्न सक्छ । हुन त नेताहरुसँग मेरो कुराकानी भएको छैन् । तर, यही तवरले छलफल अघि बढ्छ भन्ने लागेको छ ।’

उनले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने दाबी गरे । उनले भने,‘चुनावको परिणामबाट हामी सन्तुष्ट हुने कुरा उठाउनुभयो, हामी १९ सिटमा लडेका थियौं । १५ जित्ने दाबी थियो । तर, १० सिट जित्यौं । तुलना गर्दा राम्रो रिजल्ट ल्याएका छौं । अपेक्षा गरेअनुसार खासगरी अहिलेको रिजल्ट हेर्दा कमजोर छ । समानुपातिकमा १० लाख आउँछ भनेका थियौं । तर, अब ३ लाख प्लस ल्याउँछौं । सन्तुष्ट हुने कुरै भएन । कमिकमजोरी भएको छ । हामी निर्वाचनमा देखिएको समस्याको खोजी गर्छौं ।’

मन्त्री चौधरीले अहिले मार्केटमा नयाँ अनुहारको रुपमा प्रधानमन्त्रीको खोजी भएको कुरातर्फ संकेत गर्दै त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे । उनले भने,‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो । त्योबाहेक अरुखालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन् । प्रधानमन्त्रीमा गगन थापाले दाबी गर्नु सकारात्मक कुरा हो । सम्भव कति होला, त्यो उहाँको दलभित्रको कुरा हो । सांसद बनेपछि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुन खोज्ने कुरा सामान्य हो ।’

उनले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अब बन्ने नयाँ मुख्यमन्त्रीको सपथ हुने दाबी गरे । उनले भने,‘अब बन्ने संसद्को पहिलो बैठक राजधानी दाङमा बस्छ।’

बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.