काठमाडौँ । उदयपुर १ को मत गणना पुनः सुरु भएको छ । उक्त क्षेत्रको मत गणना तीनदेखि अवरुद्ध हुँदै आएको थियो ।
Advertisement
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो ।
गत शनिबार बिहान क्षेत्र नं १ को मत गणना हुँदै गर्दा केही मतदान केन्द्रका मत पेटिकामा प्रदेशको मतपत्र संघको मत पेटिकामा भेटिएको र केहीमा तथ्याङ्कानुसारको मतपत्रभन्दा बढी पाइएपछि मत गणनामा विवाद उत्पन्न भएको थियो ।
नेकपा एमालेसहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनु पर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मत गणना अवरुद्ध हुन पुगेको थियो ।