काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकामा एक वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् ।
Advertisement
शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाध्यक्षले जाँड पार्टी (मदिरा) गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा भएको उक्त पार्टीपछि विवाद हुँदा उनीहरूबीच झगडा भएको थियो ।
मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले हानेर टेबुल फुटाएका हुन् ।
उक्त घटनाबारे कुनै पनि पक्षले औपचारिक रुपमा जानकारी नदिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीकाअनुसार राति अबेरसम्म उनीहरूले सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा मदिरा सेवन गरेका थिए । त्यहाँबाट उनीहरू प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा पुगेका थिए ।