• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

गुल्मीमा धान उत्पादनमा कमी आयो


आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित

काठमाडौं- गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ ।

Advertisement

गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

शुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको छ । धान पाक्ने बेलामा पनि पानी पर्दा धान झरेको कारण यस वर्ष धानखेतीमा कमी आएको केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । गत वर्षभन्दा यस वर्ष वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनले बताए।

जिल्लामा चैते धान तीन सय ४१ हेक्टरमा र वर्षे धान आठ हजार छ सय ७० हेक्टरमा गरी कुल नौ हजार ११ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । गत वर्ष चैते र वर्षे गरी २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष उत्पादन घटेर २३ हजार सात सय १८ मेट्रिक टन उत्पादन भएको बताइएको छ ।

जिल्लामा सबैभन्दा बढी धानखेती हुने फाँटमा इस्माको चौरासी, सत्यवतीको जोहा, कालीगण्डकीको अर्वेनी, कनौटा, छापचौर, सत्यवतीको जुहाङ्ग खैरेनी, अस्लेवा, चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोटलगायतका स्थान रहेका छन् । त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदाने गाउँपालिकाको सिर्सेनी, धुर्कोट गाउँपालिकाको पनाहाखोला र छल्दी खोलाका फाँट, गुल्मी दरबारको गरमटारी, खज्याङ्ग र घोडाहा फाँट, छत्रकोटको खज्र्याङ्ग, मनबाग, उल्लीखोला, टाहाटिमलगायतका स्थानमा धेरै मात्रमा धानको उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए ।

मसिना बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर एवं मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ । गुल्मीमा गत वर्ष रु पाँच करोड बराबरको चामल आयात भएको थियो । एक जनाले सरदर बर्सेनि एक सय ३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक रहेको कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारीले बताउनुभयो । जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोदे, बडियारे, थापचिनी, गुडुरो, रातो मार्सी, मार्सी जातका धान उत्पादन हुँदै आएको छ ।

उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान उत्पादन कृषकको रोजाइमा पर्ने गरेको छ । स्थानीय धानको भात खाँदा भोक नलाग्ने र कतिपय बास्नादार पनि हुने हुँदा यहाँका किसान आफैँले यी बीउलाई निरन्तरता दिइरहेका छन् । सो केन्द्रले स्थानीय बीउ संरक्षण गर्नाका लागि आवश्यक पर्दा किसानलाई बीउसमेत वितरण गर्दै आएको छ ।

 

आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.