• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कांग्रेसका युवा महामन्त्रीहरूको विजयीमा कम्युनिष्टका महासचिवहरू नमिठो हार


    Avatar photo
शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित

काठमाडौँ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणामले सत्ता गठबन्धनमा रहे पनि नेकपा माओवादी केन्द्रले सोचेजस्तो फाइदा लिन नसकेको देखिन्छ । यस्तै, विपक्षमा रहेका नेकपा एमालेले यो निर्वाचनबाट पार्टीभित्रका वरिष्ठ र शक्तिशाली मानिएका नेताहरू गुमाएका छन् ।

Advertisement

नेपाली कांग्रेसले चुनावमा अग्रता मात्र लिएका छैनन्, आफ्ना होनाहार र युवा नेताहरू जोगाउन सफल भएको छ । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भारी मतका साथ संसद यात्रा तय गर्दा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका महासचिवद्वय शंकर पोखरेल र देव गुरुले पराजय भोग्नु पर्यो ।

काठमाडौँ ४ बाट कांग्रेसका महामन्त्री गगन थापा २१ हजार ३०२ मत ल्याएर विजयी भए । उनले आफ्ना प्रतिस्पर्धी एमालेका नेता राजन भट्टराईभन्दा सात हजार ४४७ मत बढी प्राप्त गरेका छन् । यस्तै, झापा १ बाट चुनाव लडेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा ३९ हजार ६२४ मतका साथ विजयी भए । उनले एमालेका अग्नि प्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् ।

कांग्रेसका युवा खम्बाः दुई महामन्त्रीको सम्बन्ध र राजनीतिक यात्रा

नेपाली कांग्रेसभित्रका युवा नेताभित्र गगन र विश्वप्रकाश पनि पर्छन् । यी दुई कांग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचित भएपछि कांग्रेसको भावी नेतृत्वका दाबेदार भन्दै सामाजिक सञ्जालमा चर्चा परिचर्चा भएका थिए । उनीहरूले पार्टीका प्रभावशाली नेताहरूलाई पछि पार्दै महाधिवेशनमा आफ्नो जित हासिल गरेका थिए । निर्वाचनमा पनि यस्तै भयो ।

५२ वर्षीय शर्मा र ४६ वर्षीय थापा विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका हुन् । लगभग २२ वर्षअगाडि नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)को अध्यक्षमा शर्मा र उपाध्यक्षमा थापा थिए । उनीहरू एउटै कमिटीमा रहेर काम गरिसकेका नेताहरू हुन् ।

थापाभन्दा शर्मा ६ वर्ष जेठा भए पनि राजनीतिक अनुभवले थापा जेठा भइसकेका छन् । तर, यी दुईबीच एकआपसको आदर र स्नेहले सुमधुर सम्बन्ध कायम रहँदै आएको छ ।

विं.सं. ०७२ सालको कांग्रेस १३ औँ महाधिवेशनपछि केन्द्रीय कार्य समितिमा मनोनित भएपछि शर्माले गृह जिल्ला झापालाई राजनीतिक केन्द्र बनाए । तर, उनले सोचेजस्तो सफलता हात पार्न सकेन । यता, थापाले अधिकांश स्थानमा जित हासिल गरे । विद्यार्थी जीवनमा नेविसंघको सभापति, महामन्त्री बन्नेबेलादेखि शर्माले थापालाई साथ दिँदै आएको उनी निकट विद्यार्थी नेताहरू बताउँछन् ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि ०६४ सालमा भएको पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका थापा ०७० सालको दोश्रो संविधानसभामा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनविरुद्ध बागी उम्मेदवार बने । र, काठमाडौँ ४ बाट निर्वाचित भए ।

जसका कारणले उनको राजनीतिक उचाइ थप बढ्यो । त्यसपछि संसदीय समितिको सभापति भएका उनले पछि स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । संसदमा हुने राष्ट्रिय सरोकारका मुद्दाहरूमा सक्रिय रुपमा बहस र सहभागिता जनाउनुका साथै सवाल जवाफमा उत्रने उनको शैलीले थप लोकप्रियता कमाएको छ ।

आफ्नो अठोटमा मेहनतका साथ लाग्ने र कसैप्रति नकारात्मक भाव नराख्ने शर्माको बलियो पक्ष हो । शर्मा पहिलो प्रयासमै महामन्त्री निर्वाचित भए । झापाबाटै विद्यार्थी राजनीति सुरु गरेका शर्मा ०४७ मा नेविसंघ झापाको सभापति भए ।

त्यसपछि नेविसंघको केन्द्रीय सभापति भएका उनी आफ्नै कार्यकालमा जिम्मेवारी हस्तान्तरण गरेर पार्टी राजनीतिका लागि झापा फर्किए । तर, गृह जिल्लामा उनले सहज राजनीतिक यात्रा अगाडि बढाउन सकेनन् । समन्वयकारी भूमिका निभाउन सक्ने शर्मा विभिन्न कारणले केन्द्रीय राजनीतिबाट पछि परे ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रतिनिधिसभातर्फका उम्मेदवार बनेका यी दुई युवा नेताले जित निकालिसकेका छन् । सामाजिक सञ्जालमा यी दुईको चर्चा भएको छ । अब देशमा युवा र नयाँ नेतृत्वको आगमन जरुरी भन्दै यी दुईलाई धेरैले शुभकामना व्यक्त गरेका छन् ।

कम्युनिष्टले गुमाएको दुई महासचिव

यसपटकको निर्वाचनमा सत्ता गठबन्धनमा रहे पनि सन्तोषजनक नतिजा हात पार्न नसकेका माओवादी केन्द्रलाई अर्काे झट्का लागेको छ, महासचिव देव गुरुङको हारले ।

लमजुङ २ बाट चुनाव लडेका गुरुङ एमालेका नेता पृथ्वीसुब्बा गुरुङसँग पराजित भए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याउँदा देवले ३१ हजार ७८१ मत ल्याए । देवभन्दा पृथ्वीसुब्बाले तीन हजारभन्दा बढी मत ल्याएर बिजयी भए ।

यसपटक माओवादीका महासचिव गुरुङले संसद यात्रा तय गर्न सकेनन् । ०७४ सालमा बाम गठबन्धन हुँदा र स्थानीय तहको निर्वाचनमा उनीहरूले सँगै मिलेर मत मागेकोमा यसपटकको निर्वाचनमा आमनेसामने हुनु प¥यो । निकै रोचकको साथ हेरिएको लमजुङ २ को निर्वाचनमा बाजी मारे एमालेका पृथ्वीसुब्बाले ।

माओवादी केन्द्रले मात्र हैन नेकपा एमालेले पनि यसपटकको निर्वाचनमा महासचिव गुमाए । नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए ।

दाङ २ बाट चुनाव लडेका पोखरेल माओवादीकी शर्मासँग जम्मा १९७ मतले पछि परे । यसअघि एमाले माओवादी एकता हुँदा माओवादीको औचित्यमाथि कडा आलोचना गर्ने नेतामध्येका एक हुन्, पोखरेल ।

एमाले माओवादी मिलेर शक्तिशाली नेकपा बन्दा विष्णु पौडेल महासचिव बनेका थिए । तर, एकता भत्किएपछि महासचिवमा पोखरेल उदाए । उनले माओवादीको कुनै औचित्य छैन भन्दै आलोचना गर्दै आए । समयले उनलाई त्यही माओवादीकी उम्मेदवार शर्मासँगको प्रतिस्पर्धामा हार चखाए ।

०५१ सालको मध्यावधि चुनावमा जितेका पोखरेल त्यसपछिका चुनावहरू हार्दै ०७४ सालको प्रदेशसभा निर्वाचनमा जितेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री बने । मुख्यमन्त्री हुँदा पनि विवादमा परेका पोखरेलले प्रदेशको अस्थायी राजधानी बुटवलबाट दाङ सार्न सफल भएकोमा आफ्नो क्षेत्र र जिल्लाका कार्यकर्ताहरूबाट प्रशंसा बटुलेका थिए । तर, हालै सम्पन्न निर्वाचनमा उनले जनताको मत बटुल्न सकेन र पराजित भए ।

यो चुनावको रोचक पक्ष भनेको माओवादीका महासचिव गुरुङ एमाले नेताबाट पराजित भए । एमालेका महासचिव पोखरेल माओवादी केन्द्रकी नेतृसँग पराजित हुन पुगे ।

  • जिम्मेवारी
शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.