काठमाडौँ । गोरखाका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेद्वार विजयी भएका छन् ।
गोरखा १ (क)मा माओवादीका कृष्ण धिताल, १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र २ (ख)मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भए ।
धितालले एमालेका सुरेन्द्र थापालाई हराएका हुन् । धितालले १४ हजार २७६ मत ल्याउँदा थापाले आठ हजार ८०२ मत पाए ।
१ (ख) मा न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए । न्यौपानेले १६ हजार २६५ मत पाउँदा भट्टराईले सात हजार ५३३ मत पाए ।
गोरखा २ (क) मा माओवादीको चुनाव चिन्हबाट लडेका देवकोटाले एमालेका राजु रानालाई पराजित गरे । देवकोटाको १० हजार २४७ मत आउँदा रानाले चार हजार २०४ मत पाए ।
(ख)मा कांग्रेसका पाण्डे अत्यधिक मतले विजयी भएका छन् । उनले एमालेका बसन्त गुरुङलाई हराएका हुन् । पाण्डेको १५ हजार २२९ मत आउँदा गुरुङले चार हजार ५२९ मत पाए ।