बागलुङ । जिल्लाको सबै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप बनाएको हो ।
बागलुङ १ (क)मा दीपेन्द्रबहादुर थापा विजयी भए । उनले १३ हजार ८८४ मत ल्याउँदा एमालेका हीराबहादुर केसीले १२ हजार ४०५ मत ल्याए ।
बागलुङ १ (ख)मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए । उनले १३ हजार ३२७ ल्याउँदा एमालेका नवराज पौडेले सात हजार २५२ मत पाए ।
बागलुङ २ (क)मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भए । उनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई पराजित गरेका हुन् । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे ।
बागलुङ २ (ख)मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भए । उनले एमालेका लक्ष्मण पुनलाई तीन हजार ७३७ मतान्तरले पराजित गरे । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत पाए ।