काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा चौधरीले २३ हजार १२० पाउँदै विजयी भएका हुन् ।
Advertisement
रेशम चौधरी नेतृत्व पार्टीका उनले सत्ता गठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरीलाई पराजित गरेका हुन् । कुन्दनले १७ हजार ७४९ मत पाएका थिए ।
यस्तै, एमालेका गौरी शंकर चौधरीले नौ हजार ८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले सात हजार ४७ मत पाए ।