काठमाडौँ । काठमाडौँ ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ जित नजिक पुगेका छन् । श्रेष्ठले १० हजार २० मत पाउँदा उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले आठ हजार ७२५ मत पाएका छन् ।
Advertisement
सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला पाँच हजार २७९ मत पाउँदै तेस्रो स्थानमा छिन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का देवेन्द्र प्रधान तीन हजार ५६१ मतसहित चौथो स्थानमा छन् ।