काठमाडौँ । गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी मतले अग्रता कायम बनाएका छन् ।
Advertisement
कूल आठ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाँले एक हजार १७६ मत पाएका छन् ।