काठमाडौँ । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
Advertisement
निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै उनलाई आयोगले जरिवाना गरेको हो । उनले बाढी पीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।
चौधरीले आफ्नो क्षेत्रमा बाढी पीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।