• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

काठमाडौं–२ः दुई महिला उम्मेदवारकाबीच फुँयाल


बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित

काठमाडौं– २७ जना उम्मेदवार रहेको काठमाडौं क्षेत्र नं–२ मा महिला उम्मेदवारलाई मात्रै हेर्ने हो भने मुख्यगरी तीन महिला उम्मेदवार चर्चामा छन् । तीमध्येकी एक हुन्, पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम । यस्तै, रोल्पा छाडेर काठमाडाै‌ रोजेकी माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल उपाध्याय ।

Advertisement

यी तीन उम्मेदवारमध्ये घर्ती गठबन्धनतर्फकी उम्मेदवार हुन् । समाजसेवी र युवा उद्यमी राप्रपाकी पोखरेल र अधिवक्ता समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम भने मतदाताका लागि नौलो अनुहार हुन् । त्यसो त घर्ती पनि रोल्पा छोडेर काठमाडौं आएकाले काठमाडौं क्षेत्र नं २ का मतदाताका लागि नयाँ अनुहार नै हुन् ।

तिनै महिला उम्मेदवारमध्ये अहिले बढी चर्चामा भने गठबन्धन तर्फकी उम्मेदवार घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम छन् । घर्ती पूर्वसभामुख भएर काम गरेको अनुभवी र गठबन्धनको साथ पाएकाले चुनाव जित्नेमा ढुक्क छिन् भने गौतम मतदाताले पुरानो भन्दा नयाँ अनुहार खोजिरहेकाले र आफू मतदाताको माग अनुसारको योग्य उम्मेदवार भएकाले चुवाव जित्नेमा ढुक्क रहेको बताउँछिन् ।

अहिले सबै उम्मेदवार मतदातासँग भेटघाट गर्ने, उनीहरुका आशा, अपेक्षा र भोट आफुले पाउने कि विपक्षी पार्टीतर्फ जाने रहेछ भनेर मतदाताको मनसाय बुझ्न व्यस्त छन् । घर्ती र गौतम दुवैले आ–आफ्नै तरिकाले मत माग्न मतदाताको घरदैलोमा पुगेका छन् ।

घर्तीले खानेपानीलाई मुख्य चुनावी एजेन्डा बनाएकी छन् । ट्राफिक व्यवस्थापन, सड्क, उक्त क्षेत्रमा रहेको सास्कृतिक पक्षको विकास र सफा सुन्दर र दिगो शहर बनाउने उनको मुख्य एजेन्डा छन् । उनले जस्तै गौतमले पनि खानेपानी, ढल, सडक व्यवस्थापनका मुद्दा अगाडि सारेकी छन् । शिक्षा, रोजगारी जस्ता कुरामा स्थानीय तहले कार्यन्वयन गर्न सक्नेखालका नीति तथा कानुन बनाउन पहल गर्ने लगायतका एजेन्डाका साथ उनी मतदातासमक्ष पुगेकी छन् ।

दुई महिला उम्मेदवारका बीच फुँयाल

यसअघिको निर्वाचनमा विजयी भएका दल र चुनावी अंकगणित हेर्ने हो भने काठमाडौं क्षेत्र नम्बर २ मा मुख्य प्रतिस्पर्धामा घर्तीसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमभन्दा एमालेका उम्मेदवार मणिराम फुँयाल देखिएका छन् ।

काठमाडौ क्षेत्र नं २ भित्र शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको ४ देखि ९ सम्मका वडा र काठमाडौ महानगरपालिकाको ९ र ३२ वडा पर्दछ । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट वामगठबन्धनका उम्मेदवार नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल २७ हजार ३३६ मत ल्याएर विजयी भएका थिए । एमालेसँग काँग्रेस पराजित भएका थिए । यसअघिको निर्वाचनलाई फर्केर हेर्दा यहाँका मतदाताले एमाले र कांग्रेसलाई आलोपालो गरेर जिताएको देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने नेकपा एमाले अगाडि देखिन्छ । एमालेले १७ हजार ३२८ मत प्राप्त गर्दा नेपाली काँग्रेसले १४ हजार १२८, नेकपा (एकीकृत समाजवादी) ले ७ हजार ९११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ७ हजार २०० मत थियो । अहिले उम्मेदवार बनाएको माओवादी केन्द्रले सबैभन्दा कम ३ हजार १३१ मत पाएको थियो ।

तर, अहिले घर्ती सत्ता गठबन्धनबाट उम्मेदवार बनेकाले गठबन्धनमा रहेको दलहरुको मत जोड्दा सत्तागठबन्धन एमाले भन्दा अगाडि नै देखिन्छ । घर्तीलाई थोरै भएपनि सहज देखिएको छ । तर, उनले ती भोट आफ्नो पोल्टोमा पार्न सक्छिन् कि सक्दैनन् उनको लागि ठुलो चुनौती बनेको छ । घर्तीसँगै चुनावी मैदानमा रहेका नेकपा एमालेका फुँयाल भने कागेश्वरी मनोहराका स्थानीय वासिन्दा हुन् । त्यसैले उनी आफुलाई भूगोल र क्षेत्र नम्वर २ को समस्या, सम्भावना बुझेको उम्मेदवार भएकाले मतदाताको रोजाईमा आफु पर्ने बताउँदै आएको छ । बाँकी मतदाताको हातमा भर पर्नेछ ।

ठूला दललाई मत काटिने डर

एकातिर अघिल्लो निर्वाचनको मतपरिणामको अंकगणित हिसाव गरिरहेका यी सत्तागठबन्धन दल र एमालेलाई अर्काेतिर राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गौतमले मत काटिने पो हो कि भन्ने चिन्ता भने नभएको होइन ।

स्वतन्त्र उम्मेदवार बनेर पालिका चुनावी मैदानमा होमिएका काठमाडौं महानगरका मेयर बालेन शाहले बढी मत प्राप्त गरेको वडा नं. ३२ यसै निर्वाचन क्षेत्रअन्र्तगत पर्दछ । यहाँका मतदाताले नयाँ अनुहार रुचाएकाले र यसअघि निर्वाचित भएर केही गर्न नसकेका दलका उम्मेदवारबाट वाक्कदिक्क बनेका मतदाताको रोजाईमा गौतम पर्न सक्छिन् कि भन्ने चिन्ता सत्तागठबन्धन र नेकपा एमालेलाई परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम आफैँ पनि घरदैलो कार्यक्रममा जाँदा अधिकांश युवा पुस्ता र नयाँ अनुहार खोजिएको मतदाताहरु भेटिएको बताउँछिन् । तर, उनलाई जित हासिल गर्न त्यति सहज भने छैन ।

बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

भर्खरै

  • १.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • २.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ३.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ४.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ५.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ६.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ८.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.