काठमाडौँ । सरकारले आगामी मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ । निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि नै बन्द हुने भएका छन् ।
Advertisement
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालयमा ४ र ५ गते बन्द हुने जानकारी दिएका हुन् ।
