काठमाडौँ । धादिङमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
Advertisement
शनिबार राति सवा ८ बजे ज्वालामुखी गाउँपालिका ४ टारीमा ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।
उनका अनुसार जीप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।