काठमाडौँ । हेटौँडा उपमहानगरले फोहोर फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको सालनालसहित मृत शिशु फेला परेका छन् ।
Advertisement
ना ४ त २६९८ नम्बरको ट्याक्टरले जम्मा गरी ल्याएको फोहरमा शिशुको शव फेला परेको हो । हेटौंडा १० राप्ति खोला छेउमा कुहिने फोहर र नकुहिने फोहर छुट्याउने क्रममा नगरपालिकाका कर्मचारीले बोराभित्र शिशुको शव भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।
शिशुको शव हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवनपुरले जनाएको छ ।