• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

देउवा, ओली र प्रचण्ड देश दौडाहामा, आज के छ कार्यक्रम ?


मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

काठमाडौं- आम चुनाव नजिकिएसँगै ठूला दलका शीर्ष नेताले चुनावलक्षित कार्यक्रमका लागि देश दौडाहा तीब्र पारेका छन् ।

Advertisement

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न चुनाव क्षेत्रमा प्रचार प्रसारका लागि पुगेका छन् ।

उनीहरुले निर्वाचन आयोगबाट प्रमुख प्रचारकको हैसियतमा चुनावी प्रचारका लागि हेलिकप्टर प्रयोग गर्न पाउने अनुमति पनि लिएका छन् ।

निर्वाचन आयोगले १७ कात्तिकदेखि चुनाव प्रचारप्रसारको अनुमति दिए लगत्तै प्रमुख तीन पार्टीका नेता सक्रिय भएका हुन् । मंगलबार पनि उनीहरु चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुने भएका छन् ।

देउवा कैलाली–५ मा

आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा दुई दिन बिताएका देउवा त्यसपछि कैलालीको धनगढी झरेर त्यहाँको आमसभालाई सम्बोधन गरेका थिए ।

देउवाले आफ्नो निर्वाचन क्षेत्रका परशुराम र अजयमेरुमा आयोजित सभालाई सम्बोधन गरेका थिए ।

मंगलबार भने देउवाले कैलाली–५ मा चुनाव प्रचारमा सक्रिय छन् । देउवाको सचिवालयका अनुसार उनी आज त्यस क्षेत्रमा पार्टीका आन्तरिक भेटघाटमा व्यस्त हुनेछन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका छविराज पन्त उम्मेवार रहेका छन् ।

देउवा भोलि त्यहाँबाट दार्चुला र बैतडीका आमसभामा सहभागी हुन जाने उनको सचिवालयले जनाएको छ ।

ओली झापा जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ कात्तिकमा चुनावी सभा दार्चुलाबाट सुरु गरेका थिए । त्यसै दिन बैतडी र कञ्चनपुरको आमसभालाई पनि सम्बोधन गरेका ओलीले बाग्लुङ र पोखराको सभालाई समेत सम्बोधन गरिसकेका छन् ।

मंगलबार आफ्नो निवास बालकोटमै आन्तरिक भेटघाटमा ब्यस्त रहेका ओली साँझपख झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । ओलीले चुनावभर करिब ४० जिल्लाका सभालाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।

प्रचण्ड कर्णालीमा

१७ कात्तिकमा चुनाव प्रचार सुरु भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा पुगेर आफ्नो चुनाव क्षेत्रको आमसभामा सहभागी भएका थिए । दुई दिन गोरखामै बसेर उनले करिब दर्जन साना, ठूला चुनावी सभालाई सम्बोधन गरेका थिए ।

मंगलबार भने प्रचण्ड कर्णाली पुगेका छन् । पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र बाहिर पुगेका प्रचण्डले मंगलबार कर्णालीका विभिन्न पाँच चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

उनले जुम्लाको शेराखेत र सिंजामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने छन् । त्यस्तै हुम्लाको सर्केगाड, कालीकोटको मान्म र रास्कोटमा आयोजना हुने चुनावी सभालाई पनि प्रचण्डले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

भर्खरै

  • १.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • २.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ३.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ४.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ५.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ६.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ८.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.