काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।
Advertisement
यस्तै, बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने छ । बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।
राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।