• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मतदाताको दैलोमा उम्मेदवार, यस्ता छन् जनताका माग ?


सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित

काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवारहरु आफ्नो चुनावी क्षेत्रभित्र रहेका गाउँ–टोलमा जनताको मत माग्न उनीहरुकै घर–आँगनमा पुगिरहेका छन् ।

Advertisement

१७ कार्तिकदेखि उम्मेदवारले खुला रुपमा चुनावी प्रचारप्रसार र आमसभा गर्न पाउने भएपछि शीर्ष नेता र उम्मेदवारहरु चुनावी माहोलमा निथु्रक्कै भिजेका छन् । गाउँ छिरेका उम्मेदवारले दोबाटो, चौबाटो, पानी पधेँरो, गोठाला ,ज्यालामजदुरी गरिरहेका सबै मतदातालाई खानेपानी, सडक, विधुत ल्याइदिने आश्वासन बाँड्न भ्याइसकेका छन् भने केही उम्मेदवारहरु स्वास्थ्य, शिक्षाका सपनाहरु बाँड्न थालेका छन् ।

चुनावी मैदानमा होमिएका उम्मेदवारले जित्ला कि नजित्ला भन्ने कुरा आ–आफ्नो ठाउँमा छ । अर्काेतर्फ जितेर गएपनि फेरि त्यसैगरी घरआँगनमा विकास ल्याएर फर्केलान त ? जनताले उनीहरुले बाँडेका सपना पत्याउन छाडिसकेका छन्् । तर, उम्मेदवारलाई जनताले के सोच्लान्, जनताले विश्वास गर्लान् भन्दा पनि उम्मेदवारलाई जनतालाई कसरी आफ्नो पक्षमा पार्ने र उनीहरुबाट मत प्राप्त गर्ने भन्ने हतार देखिन्छ । उम्मेदवारहरु जनताको नाडी छाम्न खेतबारीदेखि खाना पकाउने भान्सासम्म पुगेका छन् । उम्मेदवारले जस्तोसुकै आश्वासन बाँडे पनि जनताले आफ्नो क्षेत्रमा कस्तो विकास चाहेका छन् भनेर नेपाली हेडलाइनले घरदैलो अभियानमा हिँडिरहेका केही उम्मेदवारसँग बुझेकाे छ ।

चुनावी प्रचारप्रसारका लागि गृहजिल्ला संखुवासभा पुगेका सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दीपक खड्का अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् ।
जिल्लाको सबैभन्दा दुर्गम पालिका सिलिचोङ, सदरमुकाम केन्द्रित भएर खाँदवारी, भोटखोला, चिचिला र मकालु गाउँपालिकामा घरदैलोमा कार्यक्रम सम्पन्न गरिसकेका छन् । यस्तै, उनी बाँकी रहेका अन्य पालिकामा घरदैलो र चुनावी प्रचारप्रसार कार्यक्रममा व्यस्त छन् ।

जलस्रोत, पर्यटन र कृषि मुख्य आधार रहेको जिल्लाका मतदाताको पहिलो माग व्यवस्थित सडक रहेको उम्मेदवार खड्काले बताए । ‘अरुण जलविद्युत आयोजना, मकालु हिमाल, किमाथांकाजस्ता पर्यटकीय सम्भावना बोकेको स्थल र प्रचुर मात्रामा कृषि उत्पादन हुने फाँटहरु, जडीबुटीको भण्डार रहेको जिल्ला हो, संखुवासभा । यी सबै सम्भावनाको दिगो विकास, उपभोग, विस्तार र विकासका लागि सडक नै मुख्य आधार भएकाले यहाँका नागरिकको माग पनि सडक रहेको छ’, उनी भन्छन् ।

यस्तै, चुनावी वातावरण आफ्नो पक्षमा बनाउनका लागि चुनावी मैदानमा होमिएका अर्का उम्मेदवार हुन्, योगेश भट्टराई । उनी ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । उनी पनि अहिले घरदैलो कार्यक्रमसँगै मतदाताहरूको अपेक्षा र विकास निर्माणका मागहरु सुन्न र बुझ्न व्यस्त छन् । उनका अनुसार घरदैलो कार्यक्रममा ताप्लेजुङवासीसँग भेटेर कुराकानी गर्दै गर्दा मतदाताले बाह्रै महिना सञ्चालन हुन सक्ने सडक निर्माणमा अग्रसरता देखाउन सुझाव दिएको बताए ।

‘यसअघिकै कार्यकालमा गाउँ–गाउँमा सडक पु¥याइसकेको छु । तर, स्तरोन्नती हुन नसक्दा ती सडक बाह्रैमास सञ्चालनयोग्य बनाउन सकिएको छैन’, उनी भन्छन् ‘र, मतदाताले पनि आफ्नो घर गाउँ जोड्ने सडक बाह्रै महिना सञ्चालन गर्न योग्य बनाइदिन आग्रह गर्नुभएको छ ।’ सडक बाहेक ताप्लेजुङवासीले ताप्लेजुङको मुख्य नगदे बाली अलैंचीको बजारीकरणमा साथ दिन आग्रह गरेका छन् । खासगरी उनीहरुले अलैंचीको बजार किसानको हितमा हुनुपर्ने माग राखेका छन् ।

यता रामेछाप जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले मतदाताको घरदैलोमा पुग्दा उनीहरुले सड्क, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य लगायत विकास निर्माणको माग गरेको बताउँछन् ।

उम्मेदवार तामाङ ०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यकै उम्मेदवारमा पराजित भएका थिए । आफू पराजित भएर पनि निर्वाचनको वेला जनतासँग गरेको वाचा व्यक्तिगत खर्चमै पुरा गरेकाले अब निर्वाचित भएर आफूले अझै गर्न बाँकी रहेको कामहरु पुरा गर्ने तामाङले जानकारी दिए ।

रामेछाप राजधानीदेखि नजिककै जिल्ला भएपनि जिल्लाको उत्तरी भेग र अन्य ठाउँहरु दुर्गम नै छन् । तामाङका अनुसार कृषि, पर्यटन, जलविद्युत, जडीबुटी, फलफुलको प्रचुर सम्भावना रहेको जिल्लामा यी क्षेत्रहरुको विकास र विस्तार गरी जनताको आर्थिक स्तर उकास्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नेतर्फ ध्यान दिन जनताले सुझाएका छन् ।

सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.