काठमाडौँ । लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ ।
Advertisement
नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्था रुपमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
नगर कार्यपालिकाको छैटौं बैठकले उक्त बिदा दिने निर्णय गरेको हो । सुन्दरबजार नगरपालिका ७ पाउँदीस्थित कर्मदा नदीका शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ ।
एकादशी मेला भर्नका लागि पाउँदीमा ठूलो भिड लाग्ने हुँदा यस क्षेत्रका कार्यालय, विद्यालय र संघ संस्था प्रभावित बन्दै आएका थिए । पाउँदीस्थित मस्र्याङ्दी किनारमा मेला भर्ने भक्तजनहरुको भीड लाग्ने गर्दछ भने फूलको डोली तार्न गाउँबाट भक्तजनहरु पाउँदी घाटमा नुहाउन आउने गर्दछन् ।