• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

आजदेखि खुला प्रचारप्रसार, दौडधूपमा व्यस्त शिर्ष नेता


बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित

काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि अर्थात् १७ कात्तिकदेखि १ मंसिरसम्म प्रचारप्रसारका लागि समयावधि तोकेसँगै विभिन्न दलका शिर्ष नेताहरु निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् ।

Advertisement

कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज गृह जिल्ला डडेल्धुरा पुगिसकेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनसमेत वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलोपटक गृह जिल्ला पुगेका हुन् ।

बुधबार धनगढी पुगेका उनी आज डडेल्धुराको अमरगढी पुगिसकेका छन् । उनको निजी सचिवालयका अनुसार देउवाले शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, सोही दिन दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने छन् । यस्तै १९ कात्तिक बिहान ११ बजे अजयमेरु गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन् ।

देउवाले २० कात्तिक बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

डडेल्धुरामा देउवासँग कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली (शुक्रबार) गोरखा जाने भएका छन् । १८ कात्तिकमा प्रचण्ड आफ्नो चुनावी क्षेत्र गोरखा २ मा हुने निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् ।

गोरखा सदरमुकामसहित ५ ठाउँमा चुनाव केन्द्रित आमसभा र गोष्ठी राखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

‘अध्यक्ष कमरेड शुक्रबार मात्रै निर्वाचन क्षेत्र जान लाग्नु भएको छ । गोरखा सदरमुकामसहित अन्य क्षेत्रमा ५–६ वटा कार्यक्रम राखिएकाले सम्बोधन गर्नु हुनेछ’ मल्लले भने, ‘अरु गठबन्धनले बनाउने आमसभा र कार्यक्रममा कार्यतालिका बमोजिम जानु हुनेछ ।’
उनका अनुसार सत्ता गठबन्धनले दोस्रो चरणमा चुनावी आमसभा र कार्यक्रम कहाँ कहिले गर्ने भन्ने विषयमा सार्वजनिक गरेको छैन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका उम्मेदवारहरूलाई मत माग्न सातै प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने भएका छन् । १८ कात्तिकदेखि चुनावी सभा शुरु गर्न लागेका अध्यक्ष ओली १ मंसिरमा अन्तिम चुनावी सम्बोधन गरेर विश्राम लिने तयारीमा छन् ।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीले घोषणापत्र सार्वजनिक गरेलगत्तै अध्यक्ष ओली देशभरका चुनावी सभामा सम्बोधन गर्न पुग्ने भएका हुन् ।
अध्यक्ष ओलीले १८ कात्तिकमा सुदुरपश्चिमको दार्चुलामा हुने सभाबाट सम्बोधनको सुरुवात गर्ने र १ मंसिरमा प्रदेश १ पुगेर सक्ने तयारी भएको एमाले निटक नेताहरुको भनाइ छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव अहिले निर्वाचन क्षेत्र सप्तरी २ मा मतदाता भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् । उनी १९ कात्तिकमा काठमाडौं आउने र २० कात्तिकमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

खुला प्रचारको पहिलो चरणमा पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरु आ–आफ्नो पार्टीले गर्ने चुनावी सभामा सहभागी हुनुका साथै मतदाता भेटघाटमा व्यस्त छन् । यससँगै चुनावी मैदानमा होमिएका अन्य उम्मेदवारहरु पनि चुनावी माहोल आफूआर्कषित पार्न लागिपरेका छन् ।

बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.