काडमाडौँ । जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ ।
Advertisement
शनिबार राति २ बजे कारागारमा अचानक बेहोस भएका कैदीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताए ।
मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन् । ०७८ वैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० वैशाख १२ गतेसम्म दुई वर्ष कैद फैसला गरेको थियो ।