• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपथ्यले बेसहाराका लागि मुलुकका १० सहरमा साङ्गीतिक यात्रा गर्ने


शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित

काठमाडाैं : बेसहाराका लागि मुलुकका १० सहरमा साङ्गीतिक यात्रा आयोजना गर्न लागिएको छ । विगत १० वर्षदेखि सहयोगापेक्षी सडक आश्रित नागरिकको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा आउँदो मङ्सिरमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागेको हो । कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको जनाइएको छ ।

Advertisement

स्थापित नेपथ्य व्याण्ड विगत तीन दशकदेखि सङ्गीतको माध्यमबाट सकारात्मक रूपान्तरणका लागि सक्रिय छ । यसले ‘शान्तिका लागि शिक्षा’, ‘सुन्दर शान्त नेपाल’, जस्ता नारा बोकेर गीत सङ्गीतमार्फत सामाजिक रुपान्तरणमा सहयोग गर्दै आएको छ । ब्याण्डले नेपालका विभिन्न सहरका साथै विश्वका अन्य मुलुकमासमेत सफलतापूर्वक कार्यक्रम सम्पन्न गरिसकेको छ ।

आफ्नो निर्माणाधीन भवन सम्पन्न गर्नुका साथै बेसहाराका लागि आपतकालीन कोष स्थापना गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। उक्त लाइभ कन्सर्ट विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने उनले बताए। आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ । शाखा रहेका सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एवं भवन निर्माणको चरणमा छ।

विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी, घोषणाका लागि पहल भइरहेको छ । हाल आश्रमको संरक्षणमा एक हजार पाँच सय बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त व्यक्ति छन् । नेपथ्य लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट सुरू गरिने आश्रमले आज बुलेटिन सार्वजनिक गरी जनाएको छ ।

मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भूटनदेवी स्कुल मैदान, २५ गते चितवनको क्याम्पाचौर, २९ गते नेपालगञ्ज रङ्गशाला, आगामी पुस ३ गते धनगढी रङ्गशाला, पुस ६ गते सुर्खेतको खुल्लामञ्च, पुस ९ गते बुटवलको कालिका मानवज्ञान मावि, १२ गते पोखरा रङ्गशालामा तथा कन्सर्टको अन्तिम कार्यक्रम पुस १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।

शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.