• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सिराहामा एमालेलाई आफ्नै गठबन्धनका बागीको डर


सोमबार, असोज ३१, २०७९ मा प्रकाशित

काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिराहामा एमाले गठबन्धनलाई आफ्नै बागी उम्मेदवारहरू टाउको दुखाइ बनेको छ ।

Advertisement

सिराहाको ३ र ४ मा एमाले र जसपाका बागी उम्मेदवारका कारण एमाले गठबन्धनका नेताहरू चिन्तित बनेका छन् । प्रतिनिधिसभाको अघिलो निर्वाचमा क्षेत्र नम्बर ४ बाट राजकिशोर यादवले चुनाव जितेका थिए ।

यसपटक जसपाले उनलाई सिराहा २ मा पठाएर ४ मा वीरेन्द्र महतो उठेका छन् । महतोविरुद्ध जसपा नेता राजकिशोर यादवका भाइ काशिन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेता यादव सिराहा २ मा चुनाव लडेपछि ४ मा आफ्नो भाइलाई स्वतन्त्र उठाएको जसपाका कार्यकर्ताहरूले आरोप लगाएका छन् ।

काशिन्द्र यादवलाई नेता यादवले उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि उनले मानेनन् । काशिन्द्रले आफू कुनै पार्टीमा आवद्ध नरहेको बताउँदै आएका छन् । कुनै पार्टीमा नभएका कारण स्वतन्त्र उम्मेदवारी दिएको उनी बताउँछन् । उनले लामो समयदेखि तराई मधेस राष्ट्रिय परिषदको संस्थापक भएर ‘स्वतन्त्र’ रूपमा सामाजिक अभियन्ताको काम गर्दै आइरहेका छन् ।

सिराहा ३ ‘ख’मा एमाले गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार रेणु यादवविरुद्ध सिराहा नगरपालिकाका मेयर डा. नविन यादवका भाइ डा. प्रवीनकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । डा. प्रविन एमाले सिराहाका प्रभावशाली नेता हेमनारायण यादवका छोरा हुन् । पार्टीले उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।

सिराहा क्षेत्र नम्वर ३ ‘ख’ मा गोपालप्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्रभन्दा पनि उनी आफूलाई एमालेको ‘बागी’उम्मेदवार भन्न रुचाउँछन् । सिराहामा एमाले पार्टी निश्चित नेताहरूको इसारामा चल्ने गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

सिराहा ३ मा एमाले गठबन्धनबाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ३ ‘ख’ मा एमालेका दुईजना बागी उम्मेदवार श्रेष्ठका लागि टाउको दुखाइको विषय बनेको छ ।

सिरहा २ (क) मा विजय यादव जसपा र एमालेको आधिकारिक उम्मेदवार हुन् । तर, पार्टीबाटै उनीविरुद्ध दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाका नेता राजलाल यादव र रामपृत यादवले विजय यादवविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले पनि सिराहा २ ९क० मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सता गठबन्धनको तर्फबाट माओवादीको आधिकारिक उम्मेदवार जीवछ यादव छन् ।

‘म नेपाल समाजवादी पार्टीमा छैन, सो पार्टीको केन्द्रीय समितिमा मेरो नाम जबर्जस्ती राखिएको छ, म पूर्ण स्वतन्त्र हुँ,’ स्वतन्त्र उम्मेदवार रामरिझन यादवले भने ।

 

  • गठबन्धन
सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.