काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आए पनि अहिलेका लागि पुरानै मूल्यलाई यथावत राखिएको छ ।
Advertisement
निगमका अनुसार नयाँ आएको मूल्य सूचीअनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ । निगमका अनुसार डिजेलमा १५.६० रुपैयाँ प्रतिलिटर र हवाई इन्धनमा १०.२५ प्रतिलिटरले बढेर आएको छ ।
निगमले डिजेलमा ६.३४ र एलपी ग्यासमा प्रति सिलिण्डर ३२५.४४ रुपैयाँ घाटा हुने जनाएको छ । यस्तै, पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा केही नाफा हुने निगमको भनाइ छ । योसँगै अब समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने जनाएको छ ।
