काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आइतबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद मूल्य १२८ रुपैयाँ १४ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ७३ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिदमा ८२ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८३ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ८८ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९२ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९२ रुपैयाँ ८० पैसा रहेको छ ।
जापानी येन १० को खरिद मूल्य ८ रुपैयाँ ९० पैसा र बिक्रीमा ८ रुपैयाँ ९४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीमा १८ रुपैयाँ ३६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ १५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा रहेको छ ।